बर्दिया,असोज,११। राष्ट्रिय गौरवको भेरि बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा विशेष प्रविधियुक्त सुरुङ्गटनेल बोरिङ्ग मेशीनको बुधवार औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
सिंचाई मन्त्री संजय कुमार गौतम्लेदशैको फूलपातीको दिन पारेर मेशीनको औपचारिक रुपमा उद्घाटन गरेका हुन्। चाईनाबाट ल्याईएको उच्च प्रविधीकोसो मेशीन सुरुङ्ग भित्र छिराएपछि २ बषै पछि भेरि नदीमा देखिने छ । नेपालको चुरेक्षेत्रमा प्रयोग गरिएको मेसिनको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधिन अन्य आयोजनाहरुमा समेत सफलता मिल्ने सिँचाई मन्त्री संजयकुमार गौतमले वताए । मेसिनबाट दैनिक १५ देखि २० मिटरको सुरुङ्ग खन्ने काम हुने भएकाले पनि चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गर्न सरकार लागि परेको उनले वताए । प्रविधिको प्रयोगले २ वर्ष सम्ममा १२ किलोमिटर सुरुङ्ग खन्ने लक्ष्य रहेको छ । प्राविधिक जटिलताका कारण १ बर्ष थप गरी ३ वर्ष सम्ममा सुरुङ्ग निर्माण कार्य सम्पन्न भएमा नेपालमा नवयुगको प्रवेश हुने मन्त्री गौतमले जानकारी गराएका छन् । १० अरव ५६ करोड रुपैयाको लागतमा संचालित आयोजनाको काम सन् २०२० मार्च सम्ममा सम्पन्न गरिसक्नु पर्नै भेरी–बबई डाईभर्सन आयोजनाका निर्देशक शिव कुमार वस्नेतले वताए । शुरुमा सम्झौता व्यवस्थापनमा समस्या भएको भएता पनि अहिलेभने त््यस्तो नभएको उनले वताए