मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दशैमा एकै घरका ४ जना दृष्टिविहिन परिवारलाई सहयोग
  • मार्गरेखा संवाददाता


  • शरद रेग्मी्
    तुलसीपुर १३ असोज

    गाउँ घर देखि सहर बजार सम्म दशैको रमझम छाएको छ । सवैले मिठो खाने, नयाँ लगाउने र रमाईलो गरीरहेका छन् । तर तुलसीपुरका दृष्टि विहिन रुपा गन्र्धवको घरमा भने दशैले छोएको छैन । तुलसीपुर–४ रक्षाचौरमा बस्दै आएका दृष्टि विहिन रुपा गन्र्धवका तिन बहिनि छोरी र एउटा छोरा दृष्टि बिहिन छन् । रुकुम घर भई हाल दाङमा बस्दै आएका रुपाका श्रीमानले कान्छी विहेगरेपछि उनी चार भाई विना छोरा छोरीलाई कसरी पाल्ने भन्ने समस्या छ ,रुपाले भन्नुभयो –‘‘दशै आयो सवैले राम्रो र मिठो खाने र रमाइलो गर्ने गर्छन, तर हामी गरिवलाई कुन दशै कुन तिहार, सधै के खाने केलाउने भन्ने समस्या छ । ’’ उहाँले छोरा छोरीहरुलाई एक जोड कपडा समेत किन्न नसकेको बताउनुभयो । घरमा खाने अन्नपात छैन लुगा फाटोको त परको कुरा भयो । छोरा छोरीहरुले दशै आयो हामीले के किन्ने के खाने भनेर सोधछन ? । त्यसैगरी रुपाका दृष्टि विहिन छोरा गणेश गन्र्धवले अरुलाई दशै आएपनि आफुहरुलाई भने दशै खल्लो लाग्ने बताए । उनीहरुलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरेपनि दशैमा भने कसैले पनि सहयोग गर्न नआएको बताए । यसैविच तुलसीपुरका ब्यवसायीहरुले भने दृष्टिविहिन परिवारलाई आर्थिक सहयोग गरेका छन । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको सक्रियतामा संकलन गरिएको सहयोग आज पत्रकारहरुले दृष्टि विहिन परिवारको घरमै पुगेर हस्तान्तरण गरेका हुन । सो अवसरमा युवा ब्यवसायी शुरेस हमाल सहित गोरख वलि लगाएतले उपलव्ध गराएको खाद्यान, र रु पाँच हजार एक सय नगद सहयोग गरिएको थियो । सहयोग दिन उनको घरमा पत्रकार रेग्मी सहित पत्रकार बालाराम खड्का, विमल गौतम र ध्रुवराज न्यौपाने पुगेका थिए । सहयोग पाएपछि खुसी हुदै दृष्टि विहिन रुपा गन्र्धवको परिवारले पत्रकारहरुलाई धन्यवाद समेत दिएका थिए । रुपाले भन्नुभयो –कोही नहुनेको भगवान हुन्छन भन्थे तपाईहरु आज भगवान बनेर आउनुभयो सहयोगको लागि धन्यवाद । ’ त्यस्तै पत्रकार शरद रेग्मीले आफुहरुले दृष्टि बिहिन रुपाको अवस्था कम्जोर भएकाले आफुहरुले दशैको अवसर पारेर सानो सहयोग गरेको बताउनुभयो

  • १३ आश्विन २०७४, शुक्रबार १८:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित