नेकपा एमाले बाँके क्षेत्र नं. १ ख को आगामी मंशिरमा हुने प्रदेश सभाका उमेद्वार सिफारिस गरि जिल्लाका कार्य समितिमा नाम पठाएको छ ।
बुधवार उमेद्वार छनौटको जिम्मा पाएको प्रदेश निर्वाचन समन्वय कमिटी क्षेत्र नं. १ ख का पदाधिकारीहरुले बाँके क्षेत्र नं. १ अन्र्तगत ख का लागि उमेद्वारहरु सिफारिस गर्दै जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो । सिफारिस हुने नामहरुमा १ नम्वरमा एमाले कोहलपुर नगर संगठन कमिटिका अध्यक्ष खिल प्रसाद भुषाल, २ नम्वरमा पूर्व अञ्चल कमिटि सदस्य समेत रहेका प्रेम भुषाल र ३ नम्वरमा आरती पौडेल रहेका छन् ।