दुर्गा आचार्य
बर्दिया, असोज २१ । बर्दियाको गुलरियामा बिराट ५१ कुण्डिय गायत्री महायज्ञ एवम् संगीतमय पावन प्रज्ञा पुराण शुरु भएको छ । गायत्री सक्तिपीठ गुलरियाको आयोजनामा असोज २१ गते देखि २५ गते सम्म ५ दिने महायज्ञ संचालन हुने आयोजकले जनाएको छ । पहिलो दिन नगरका विभिन्न स्थानमा परिक्रमा गर्दै भव्य कलश शोभा यात्रा गरि महायज्ञ शुभारम्भ भएको छ । कलश यात्रारामा भक्तजनहरुको उल्लेखिय रुपमा सहभागिता रहेको थियो। समाजमा देखिएको बिसंगती,द्धैष,हिंसा जस्ता दुस्प्रवृत्ति हरुलाई निस्तेज गर्नका लागि महायज्ञ गर्न लागिएको आयोजक समितीका संयोजक राधेश्याम गुप्ताले वताए । यज्ञमा प्रत्यके दिन बिहान ५ वजे देखि ६ वजे सम्म मानव स्वास्थ्यलाई मध्यनजर राख्दै योगासन संचालन गरिने आयोजकले जानकारी गराएको छ । दैनिक रुपमा पूजापाठ,संगितमय कथा हुने जनार्र्ईएको छ ।