बैङ्क अफ काठमाण्डौको आयोजनामा सुदुरपश्चिमबाट शहरी सरसफाई अभियान थालेका हास्य कलाकार सिताराम कट्टेल धुर्मुस, सुरबिर पण्डित दाह्रि बुढा र पल्पसा डंगोल चम्चुरीले मंगलबार कोहलपुरमा सरसफाई गर्ने भएका छन् ।
आज कोहलपुरमा पत्रकार भेटघाटको आयोजना गरी बैङ्क अफ काठमाण्डौँले जनचेतना मुलक कार्यक्रम अन्तरगत सुदुरपश्चिमबाट सरसफाई कार्य सुरु गरेको शहरी सरसफाई कार्यक्रम अन्तरगत मंगलबार भोली बाँकेको कोहलपुरमा सफाई गर्ने जानकारी गराएको छ ।
पत्रकार भेटघाटमा बोल्दै बैङ्क अफ काठमाण्डौका गणेश लम्सालले बैङ्कले गर्ने विभिन्न कार्यक्रम अन्तरगत जनचेतना मुलक कार्यक्रमका लागि शहर सरसफाई गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “हामीले एक दिए आएर सरसफाई गर्दैमा सफा हुँदैन । यो शहर सरसफाई गर्ने कार्य यहाँका नागरिककै हो , यहिकै नगरबासीको हो । ” जुन लेवलमा सरसफाई हुनुपर्ने हो, त्यो रुपमा नसक्दा देशका प्रमुख शहरहरु फोहोर रहेको उहाँको भनाई रहेको छ ।
बैङ्क अफ काठमाण्डौका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेलले सकरात्मक सोचका साथ सुरु गरिएको यस अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो , “सकरात्मक सोचका साथ आफ्नो दिमाकको फोहोरलाई फाल्न सके गाउँ शहर सफा हुन्छ । नकरात्मक सोच भनेको फोहोर हो त्यसैले सकरात्मक सोचको विकास गर्न पनि आग्रह गर्नुभयो । ”
सुदुरपश्चिमबाट सुरु भएको सरसफाई अभियान भोली कोहलपुरमा गरे पश्चात दाङ्गको तुलसीपुर हुँदै पूर्वको बर्दघाटमा गई समापन हुने भएको छ । सरसफाई भोली विहान ७ बजे देखि सुरु हुने र सरसफाई सकिए लगत्तै मनोरञ्जनात्मक कार्यक्रम समेत हुने कट्टेलले जानकारी दिनुभयो ।