मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

माओवादी केन्द्र बाँकेद्वारा संघ तथा प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।नेकपा माओेवादी केन्द्र बाँकेले आसन्न संघ तथा प्रदेशको निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेलका अनुसार प्रतिनिधी सभाका लागि क्षेत्र नम्बर १ बाट महेश्वर गहतराज अथक, कृृष्ण केसी नमुना र अञ्जना चौधरीको नाम सिफारिस भएको छ ।
    प्रदेश १ मा प्रकाश सुवेदी, दुर्गा थारु, अमर खड्का र चिमबहादुर घर्ती र २ मा ओमप्रकाश केसी, नरेन्द्र पाण्डे जेम्स,तुलाराज विष्ट, अवराज खड्का, सुरेश थारु र अशोक पोख्रेलको नाम सिफारिस भएको छ ।
    क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका लागि अतहर हुसेन फारुकी, दामोदर आचार्य र नारद पुरीकोे नाम सिफारिस भएको छ । प्रदेश १ मा कामताप्रसाद सोनखर र जगदिशबहादुर सिंहको नाम सिफारिस भएको छ ।
    प्रदेश २ बाट गेहराज रिजाल नविन, अकलबहादुर बम, डिल्लीप्रसाल बराल अमिर, फिरोज अहमद अन्सारी, ललित रौनियार, आदेश अग्रवाल र अक्रम अन्सारीको नाम सिफारिस भएको छ ।
    क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाका लागि ईन्द्र्प्रसाद खरेल आईपी र परमानन्द बर्माको नाम सिफारिस भएको छ । प्रदेश १ बाट डम्बर विक, शालिकराम खड्का, राजकुमार विक, टंक पोख्रेल,विजय पाठक र धनिराम वलीको नाम सिफारिस भएको छ । अर्को प्रदेशबाट दिपेन्द्रबहादुर शाह, कुवेर रिजाल र मुबारक शेषको नाम सिफारिस भएको छ ।
    यसैगरी संघको समानुपातिकका लागि तिलक परियार, पुर्णा सुवेदी, अशोक रोकाय, डा। जितेन्द्र महासेठ, मो। उमर हलवाई, उमाशंकर कसौधन र मोलाना मन्सुरको नाम सिफारिस भएको छ ।
    प्रदेशसभाका लागि पार्वती पुन उषा, कमल प्रसाद खड्का,सावित्रा पुन, अमरर परियार, कृष्णबहादुर थारु, कलिम अहमद अन्सारी, पट्टु थारु, नरबहादुर केसी, रेणुका खड्का, फना शर्मा, कमला न्यौपाने, चेतप्रसाद चापागाई, मन्दिरा पाण्डे, रामबाबु थारु, मेराज खाँ, प्रेमाकुमारी शाही, परशुनारायण थारु, जयकुमारी खड्का, जमिल खान,सुनैनादेवी मिश्रा,सीतादेवी बर्मा, मो। सलिम हल्वाई ९बाबु०,गरिबे शेष,प्रदिप विक, रिजवान खाँ, नन्दलाल बैश्य र विष्णुप्रसाद देवकोटाको नाम सिफारिस भएको छ ।
    प्रतिकृया दिनुहोस्

  • २२ आश्विन २०७४, आईतवार १०:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित