मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनमोर्चाले कांग्रेससँग गठबन्धन गर्यो वाम गठबन्धनलाई झट्का
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनमा सामेल हुने भनिएको राष्ट्रिय जनमोर्चा पार्टीले नेपाली कांग्रेसँग चुनावी गठबन्धन गरेको छ ।

    यसबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीबीच बालुवाटार गम्भीर छलफल तथा समझदारी भएको छ । लामो छलफल जनमोर्चा कांग्रेससँग चुनावी तालमेल गर्न सहमत भएको हो ।

    स्रोतका अनुसार बालुवाटारमा भएको सहमतिमा काँग्रेसले प्युठानमा २ र बाग्लुङमा १ सीट जनमोर्चालाई दिने प्रतिबद्धता ब्यक्त गरेको छ । पश्चिमी पहाडका केही जिल्लामा जनमोर्चाको राम्रो पकड छ । यो गठबन्धनले आगामी मंसिरमा हुने चुनावमा सकारात्मक नतिजा ल्याउन सक्ने बताइन्छ ।

  • २२ आश्विन २०७४, आईतवार १६:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित