मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङलाई फिल्म नगरी बनाउनुपर्छ नायिका झरणा थापा
  • मार्गरेखा संवाददाता

  •  


    असोज २२ दाङ/ नायिका झरणा थापाले दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न आफु निरन्तर लागिपर्ने बताएकि छिन् । चलचित्र पत्रकार संघ दाङले आज आइतवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा दाङ जिल्ला विगत केहि वर्ष अघि सुन्दर फिल्मी नगरीको को रुपमा परिचित भएपनि पछिल्लो समयमा खासै उत्साहजनक रुपमा अगाडि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
    उनले आगामि दिनमा दाङ जिल्लालाई फेरी पुरानो क्रेज ल्याउन राम्रा चलचित्र बनाउने र आफ्नो गृह जिल्लालाई सुन्दर फिल्म नगरी बनाउने उद्घोष गरिन् । उनले चलचित्र ए मेरो हजुर २ हिट भएपछि पुनः उक्त चलचित्रको सिक्वेलको रुपमा ए मेरो हजुर ३ बनाउने उद्घोष समेत गरिन । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उनले सबै नेपाली दर्शकहरुलाई आउदै गरेको शुभ दिपावलीको अवसरमा शुभकामना दिदै आफुले निर्देशन गरेको चलचित्र मन पराईदिनुभएको मा धन्यवाद समेत दिईन् । आफु चलचित्रमा नायिका भएर अभिनय गर्दा दर्शकले जसरी मन पराएर अत्यधिक साथ र सहयोग रहेको थियो त्यसैगरी नै डेव्यू निर्देशनमा गरेको चलचित्र ए मेरो हजुर २ लाई पनि मन पराईदिनुभएकोमा खुसी व्यक्त गरीन् । साथै उनले चलचित्रमा अभयिन गर्नुभन्दा चलचित्र निमार्ण गर्नु जटिल कार्य भएको बताएकि छिन् । चलचित्रमा आफुले अहोरात्र खटेर अत्यन्तै मिहेनत गरेको समेत उनले बताईन । चलचित्र रिलिज हुनुपुर्व पहिलाको आफ्नो स्टारडम फेरी आउने हो कि नाई भनेर अत्यन्तै चिन्ता लागेको तर चलचित्र रिलिज भएपछि सफलता प्राप्त गरेको उनले बताईन् ।
    कार्यक्रममा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले दाङ जिल्ला पर्यटन,आर्थिक,सामाजिक र धार्मिक रुपमा सम्पन्न जिल्लाको रुपमा विकसित भईसकेको हुदा चलचित्रको छायाँकनमा दाङलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो । चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए ।

  • २२ आश्विन २०७४, आईतवार १६:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित