असोज २२ कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालय स्थापना गरिएको छ । कार्यालयको आइतबार कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावत र कोहलपुर नगरविकास समिति अध्यक्ष अवराज खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।
कोहलपुर नगरपालिका मेयर रावतले जनताका काम छिटोछरितो र सरल ढंगबाट गर्नका लागि वडा कार्यालयले सहज हुने बताउदैवडामै सेवा पुयाउने योजना अनुसार वडा कार्यालय आफ्नै वडामा स्थापना गर्ने कार्यले निरन्तरता पाएको बताए । उद्घाटन कार्यक्रममा वडा नम्बर ११ अध्यक्ष कर्णबहादुर थापाले ११ नम्बर वडाको कार्यालय स्थापना भएसँगै संयुक्त वडा कार्यालय धाउनु पर्नेछैन । अब भीडभाड पनि कम हुने र काम पनि छिटोछरितो रुपमा सम्पन्न हुने वडा नम्बर बताए ।
१५ वटा वडा रहेको कोहलपुर नगरपालिकाका अधिकांश वडामा कार्यालय छैनन् । संयुक्त वडाबाटै काम भइरहेको छ