मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मासु र दुग्घजन्य पदार्थमा मध्यपश्चिम आत्मनिर्भर हुन मेहनत आवश्यक : मन्त्री थारु
  • मार्गरेखा संवाददाता

  • मासु र दुग्घजन्य पदार्थमा मध्यपश्चिम आत्मनिर्भर हुन मेहनत आवश्यक : मन्त्री थारु

    अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिम क्षेत्रले निर्धारित लक्ष्य पुरा गर्न विशेष मेहनत गर्नुपर्ने पशुपंक्षी विकास मन्त्री सन्त कुमार थारुले बताउनुभएको छ ।

    बाँकेको नेपालगन्जमा “ व्यवसायीक पशु पालनमा उत्पादन वृद्धि पारिवारिक पोषण ,रोजगारी र सम्वृद्धि ” भन्ने मुल नाराका साथ क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यपश्चिम सुर्खेतको आयोजनामा आज देखि सुरु भएको आर्थीक वर्ष ०७३/७४को तेस्रो चौमासिक तथा वार्षिक समिक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै पशुपंक्षी विकास मन्त्री थारुले नेपाललाई मासु र दुग्धजन्य बस्तुमा आत्मनिर्भर हुन मध्यपश्चिमले विशेष मेहनत गर्नुपर्ने बताउनुभएको हो । नेपाललाई २ वर्ष भित्र मासुमा आत्मनिर्भर र ३ वर्ष भित्र दुग्धजन्य बस्तुमा आत्मनिर्भर हुने लक्ष्यलाइ पुरा गर्नका लागि मध्यपश्चिम क्षेत्रले बढि भन्दा बढि मेहनत गर्नुपर्ने देखिएको छ । मन्त्री थारुले भन्नुभयो ।

    मन्त्री थारु पूर्वान्चलमा दुधमा आत्म निर्भर भैसकेको र मासुमा पनि आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
    “ यो क्षेत्रमा पनि मासुमा प्रगती हुने क्रम अगाडी बढे पनि दुध र अण्डामा अझै बढि प्रगती गर्न आवश्यक छ । ” मन्त्री थारुले भन्नुभयो :– त्यसका लागि तपाई हामीले अझै बढि मेहनत गर्न जरुरी छ । अनि मात्रै हामीले तोकेको लक्ष्य पूरा हुन्छ । ”

    भोली मंगलबारसम्म चल्ने समिक्षा गोष्ठीमामध्यपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किसनलाल भट्टले प्रस्तुत गर्नुभएको प्रगती प्रतिवेदन आर्थीक वर्ष ०७३÷७४को तेस्रो चौमासिक तथा वार्षिक प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । मध्यपश्चिमका बाँके ,बर्दिया, दाङ्ग, सुर्खेत , प्यूठान लगायत १५ जिल्लामा सञ्चालन भैरहेका कार्यक्रमहरु र त्यसको प्रगती,समस्या र चुनौतिकहरुका विषयहरु समेटीएको थियो ।

    गोष्ठीको उद्घाटन सत्रमा पशुपंक्षी मन्त्रालयका सह सचिव श्याम प्रसाद पौडेल ,पशु सेवा विभागका महानिर्देशक डा.विमल कुमार निर्मल ,पशु उत्पादन निर्देशनालयका कार्यकारी निर्देशक कोश बहादुर अच्छामी लगायत १५ जिल्लाका पशुपक्षि कार्यलयका प्रमुख ,पशुक्वारेन्टाइनका प्रमुखहरुको सभागीता रहेको छ ।

  • २३ श्रावण २०७४, सोमबार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित