मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राति सुत्नु बेला लुगा खोलेर नांगै सुत्नु का फाईदाहरु
  • मार्गरेखा संवाददाता

  • सुन्दा तपाई लाई विश्वास नलागे पनि विभिन्न अध्ययनले राती नाङ्गो सुत्दा शरिरलाई निकै फाइदा हुने कुरा पत्ता लागेको छ । यसो गर्नाले केवल शारिरीक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्य अनि जीवन साथीसँगको सम्बन्धलाई पनि सुधार गर्छ।प्राय सबै प्रकारका मानिस हरु को लागि यो फाइदाजनक छ ।
    खाटमा कपडा उतार्नुलाई संकोच उतार्नुसंग तुलना समेत गरिन्छ। दिमागलाई ध्यान गरि चिन्तामुक्त र स्वतन्त्र गरेझै शरिरलाई पनि स्वतन्त्रताको आवश्यकता पर्दछ। नाङ्गो सुत्नु शरिरको स्वतन्त्रताको लागि आवश्यक मानिन्छ।
    मानिस खुसी हुँदा दिमागमा एक विशेष हर्मोन पैदा हुने गर्छ, जसलाई डोपामिन भनिन्छ। सुत्दा अर्को व्यक्तिको छालासंग स्पर्श हुँदा हुने अनुभुतिले पनि डोपामिन पैदा हुन्छ। डोपामिनको सन्तुलित उनाङ्गो सुत्दा स्वास्थमा पर्ने फाइदाहरु यस प्रकार छन स्
    १) अनिन्द्राबाट बचाउँदछ
    राति सुत्दा शरीरको भित्री तापक्रम घटेमा मात्रै निन्द्रा राम्रो हुने अस्ट्रेलियन निन्द्राविशेषज्ञहरूले पत्ता लगाएका थिए। शरीरले स्वतः भित्री तापक्रमलाई बाहिर रेडियटरले जस्तै गरेर फाल्दछ र नाङ्गो सुत्दा त्यस प्रक्रियामा मद्दत पुग्दछ।
    २)लामो र गहिरो निन्द्रा लगाउँदछ
    राति सुत्दा शरीरको तापक्रम नियन्त्रण हुनाले लामो र गहिरो निन्द्रा पर्ने पनि उक्त खोजबाट पत्ता लागेको थियो। त्यसैले नाङ्गो सुत्दा शरीरको तापक्रममा नियन्त्रण हुन्छ र गहिरो निन्द्रा लाग्न मद्दत पुग्दछ।
    ३)रक्तसञ्चारमा सुधार
    राति कसिलो लुगा लगाउँदा, शरीरको रक्तसञ्चारमा बाधा आउने हुनाले मुटु, फोक्सो र मस्तिष्कलाई असर पर्दछ। शरीरको सबै अङ्गहरूमा पर्याप्त मात्रा अक्सिजन पुर्याउनको लागि नाङ्गो सुत्नु फाइदाजनक हुन्छ।
    ४) यौन जीवनमा सुधार
    तपाईको जीवनसङ्गीसँगको स्पर्शले शरीरमा एक प्रकारको हर्मोन पैदा हुन्छ, जसलाई अक्सोटक्सिन भनिन्छ। साथै खुसी हुँदा पैदा हुने डोपामिन पनि पैदा हुनछ। यी हर्मोनले हाम्रो यौन क्रीडामा धेरै मद्दत पुर्याउँदछ र सन्तुष्टि ल्याउँदछ, साथै तनाव र थकानबाट पनि मुक्त गराउँदछ।
    ५) छालाको रोगबाट बचाउँदछ
    विशेष गरी गुप्ताङ्ग, काखी, खुट्टालाई राति खुल्ला छोड्यो भने त्यस ठाउँहरूमा हावाको बहाव हुन्छ र छालाको रोगबाट पनि बच्न सकिन्छ।
    ६)शरीर मा स्फूर्ति जगाउछ
    राति खुल्ला सुत्न ले तपाईलाई आराम मिल्छ र बिउझेपछि शरीर मा स्फूर्ति आउछ ।
    ७) ढाड दुख्ने तथा नसा सम्बन्धी समस्या मा आराम मिल्छ
    राती लुगा खोलेर सुत्नाले तपाई लाई नसा सम्बन्धि समस्या र ढाड दुख्ने समस्या मा राहत हुन्छ । एक अध्ययन ले बताउछ ।

     

  • २३ आश्विन २०७४, सोमबार १२:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित