नेपालगन्ज असोज २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन संगै हिन्दु राष्टको जनमत संग्रह गराउन माग गदै सोमबार जिल्ला प्रशासन बाँके मार्फत प्रधानमनत्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका नेता कार्यक्रताहरुको सभागीतारहेको जुलुसले नेपालगन्ज उपमहानगरपालिकाको बिभिन्न भागको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगी बाँकेका सहायक जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिका महामन्त्री डा धवल सम्सेर राणा केन्द्रिय सदस्य द्धय ओम प्रकाश अजाद,हिक्मत ढकाल, बाँके पार्टि अध्यक्ष नरेन्द्र पौडेल,पुर्व अध्यक्ष ऋषि राज देवकोटाले ज्ञापनपत्र बुझाएको कुरा राष्ट्रिय प्रजातन्त्र पार्टि बाँकेका सचिव रबिन्द्र थापाले जनाएका छन ।