मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्णिमाको रचना वाचन कार्यक्रम सम्पन्न
  • मार्गरेखा संवाददाता

  • हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
    मंगलबार कोहलपुरमा सम्पन्न रचना बाचन कार्यक्रममा बोल्दै साहित्यकार डा. घनश्याम न्यौपानेले दरबारदेखि मस्जिद, मस्जिद हुदै मन्दिर अनि जनसरोकारका विषयवस्तु उठान गर्न सक्ने एक मात्र विधा साहित्य भएको उल्लेख गर्दै नयाँ पुस्ताले साहित्य विकासकालागि आफुलाई तयार पार्नुपर्नेमा जोड दिएका थिए ।


    कार्यक्रमका सभापति महानन्द ढकाल, पूर्णिमा पत्रिकाका प्रधानसम्पादक सागर गैरे र कर्णाली साहित्य कला मञ्चका अध्यक्ष निर्मोही संकल्प ज्यूले पूर्णिमाले साहित्य कला र संस्कृतिका लागि उल्लेखनीय कार्य गरेको बताए । कार्यक्रमको सहजीकरण केशव निमेशले गरेका थिए भने महानन्द ढकाल, घनश्याम परिश्रमी, निर्मोही संकल्प , बद्री ढकाल हिरामणि, शान्ति अधिकारी, तिलक वि.सी., नमिता बराल, बेगम थापा निष्चल, बिक्रम शिशिर लगायतका श्रष्टाहरुले रचना वाचन गरेका थिए ।
    कार्यक्रममा दुई दर्जन बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

  • २३ आश्विन २०७४, सोमबार १९:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित