मूलाको सलाद, अचार र तरकारी त सबैले खाँदै आएका छन् तर यसको फाइदा भने कमैलाई थाहा छ । मूला खानाले ब्लड प्रेशर देखि लिएर डायबिटिजसम्मका बिरामीलाई फाइदा गर्छ ।
यस्ता छन् मूला खानाले हुने फाइदाः
– डायबिटिजको बिरामीले यदि नियमित बिहान मूला खाने गर्नाले यसले सुगरको मात्रा नियन्त्रण गर्दछ र डायबिटिजलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।
– ब्लड प्रेशरका बिरामीको लागी पनि मूला उपयोगी हुन्छ । मूलामा एन्टी हाईपरटेन्सिव तत्व पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्धत गर्छ ।
– यतिमात्र नभएर आँखाको लागि समेत मूला धेरैनै लाभदायक हुन्छ । मूलामा भिटामिन ए, बी र सी पाइन्छ । यसले हाम्रो आँखाको प्रकाश बढाउनमा सहयोग गर्छ ।
- मूलाले मोटोपन नियन्त्रण गर्नमा पनि मद्धत गर्छ । मूलामा एन्टी फ्याट हुन्छ । मूलालाई सलादको रुपमा प्रयोग गर्नाले मोटोपना कम गर्न सहयोग गर्छ ।