काठमाण्डौ असोज २४ । सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुक निर्वाचनमा होमिसकेकाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति हेरफेर गर्न नमिल्ने पनि स्पष्ट पादैप्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर गर्ने अधिकार सरकारलाई नभएको दावी गर्नुभएको छ ।
काँग्रेस नेता सिंहले सरकारले आगामी मंसीर १० गतेका लागि तोकिएको पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन केही समय पर सार्ने तयारी गरिरहेका बेला सत्तारुढ काँग्रेसकै नेता सिंह त्यसको विपक्षमा उभिनु भएको हो । मंलबार काठमाण्डौमा गैर आवासीय नेपालीहरुका लागि आयोजित चियापान कार्यक्रममा उहाँले दलहरु सबै निर्वाचनको तयारीमा जुटिसकेका बेला सरकारले तोकिएको मिति हेरफेर गर्न नमिल्ने तर्क पनि गर्नु भयो । काँग्रेस नेता सिंहले लोकतान्त्रिक गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँडका विषयमा भईरहेको छलफल छिट्टै टुंगोमा पुग्ने दावी समेत गर्नु भयो ।