काठमाण्डौ असोज २५ । नेपाली कांग्रेसले निर्वाचनमा उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ। कांग्रेसको संरचनामा शक्तिशाली भनेर चिनिने संसदीय समिति सभापति शेरबहादुर देउवाले बुधबार गठन गरेका छन ।
सभापति देउवाले बालुवाटारमा संसदीय समितिको बैठक डाकेका छन्। संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले सबैभन्दा शक्तिशाली संरचना मानिन्छ।
संसदीय समितिका १७ सदस्यहरु
१) शेरबहादुर देउवा
२) रामचन्द्र पौडेल
३) शशांक कोइराला
४) सीतादेवी यादव
५) प्रकाशमान सिंह
६) कृष्णप्रसाद सिटौला
७) विमलेन्द्र निधी
८) गोपालमान श्रेष्ठ
९) खुमबहादुर खड्का
१०) पूर्णबहादुर खड्का
११) अर्जुननरसिंह केसी
१२) डा। रामशरण महत
१३) चित्रलेखा यादव
१४) महेश आचार्य
१५ ) बालकृष्ण खाण
१६) डा। प्रकाशशरण महत
१७) ज्ञानेन्द्रबहादुर कार्की