दुर्गा आचार्य बर्दिया,असोज,२६।बर्दियामा गुडिरहेको ट्रकमा बिजुलीको लाइनले ट्रकलाई छुदा करेण्ट लागेर घाईते भएका दुई जना मध्य एक जनाको उपचारको क्रममा मृत्यू भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि छुटेक ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको लाइन छोईदा करेण्ट लागेर घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यू भएको प्रहरीले वताएको छ । अर्का घाइते सोही ठाउँका ४० बर्षिय अर्जुन थारुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । ट्रक र चालकलाई थप अनुसंन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले वताएका छन्।