मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सायरा – एक सङ्गित, एक साधना
  • मार्गरेखा संवाददाता

  • कस्ति मात्तिएकी केटि ! तपाँईले पनि उसले भर्खरै मेरो अगाडि हुक्का तानेको देखेको भए यसै सोच्नुहुन्थ्यो । अहो उसको पहिरन , चालढाल र मुखभरीको धुँवा नाकबाट निकाल्ने भद्दा शैली । उसको राम्रो केहि थियो भने आँखीभौ थिए,मेरो जस्तै एकआपसमा जोडिनै लागेका । अरु त के ! उहि अश्लिल हाँसो । उहि घाँटिमा ड्रागन टाटु । उहि चिउँडोमा छेदन गरी लगाईएको सानो मुन्द्रि । उहि कृतिम जिन्दगी !

    मन नलाई नलाई पनि मैले मुस्कुराएर उसको अघि हार्दिकता प्रर्दशन गरिराखेँ ताकि लबिमा बस्ने अरुले मलाई स्वाभाबिक रुपमा लिन सकुन् । एक मन त लाग्यो ब्यर्थै आएछु । आयोजकले बोलाउँदैमा हिडिहाल्ने बानी त्याग्नुपर्यो अब । आईसकेपछि फर्किहाल्ने कुरा पनि त भएन । पख् भाई कार्यक्रम त शुरु हुन दे । केहि बिशेष पो छ कि !

    एकाएक लबि खाली भयो र सबै होटलको माथिल्लो तलामा रहेको कार्यक्रम हल नजिकै गए । शुरु हुन केहि मिनेट बाँकि नै रहेको हुँदा म एक्लै बाहिर बरन्डामा टहलिईरहेँ । तेह्रौँ तलाको बरन्डाबाट साँझमा एउटा सिगर सल्काएर शहरलाई हेरेँ । एक्कासी माथिबाट आएको तानपुराको आवाज, सिगरको पहिलो पफ र झिलीमिली शहरको एक मादक दृश्यले त्यसै लठ्ठायो । म लठ्ठईरहेँ कैयौँ बेरसम्म एकतमासले । हाय !

    भित्र हलमा पसेपछि बल्ल थाहा पाएँ अघिदेखि पृष्ठभुमीमा बजिरहेको तानपुराको सङ्गित उसैले बजाईरहेकी रहिछ । उहि अर्थात् टाटुवाल । हुक्कावाल । मुन्दिवाल । मैले नसोचेको भयो । उसले निकै मन लगाएर सुन्दर सङ्गित निकाली । मानिसहरुले ताली बजाएर न्यानो स्वागत गरे उसलाई । कति सभ्य आजका दर्सक ! बेला बेला कोहि त उठेरै स्ट्यान्डिङ ओभेसनसम्म दिन भ्याए । करिब पाँच मिनेटको प्रस्तुति प्रश्चात मुख्य सेड्युलका कार्यक्रमहरु शुरु भए । जसअन्तर्गत नै शुरुमै मेरो प्रिय शास्त्त्रिय गायिका कौशिका चकवर्ति रातो र हरियो मिक्स भएको सान्दार सारीमा मञ्चमा उक्लिईन् । दर्शकलाई मिठो मुस्कानले अभिनन्दन गर्दै सङ्गितकारहरुसँग केहि कानेखुशी गरिन् । मलाई उनको मुस्कान मनपर्यो । उनले गरेको कानेखुशी पनि मनपर्यो । एकैछिनमा राग भिमपलासीको सङ्गित हलभर गुञ्जियो । अनि त के कौशिका शुरु भईहालिन् – ‘ आजा रे अपनी …. मन्दिर आजा ……..’

    कौशिका चक्रवर्तिलाई त तपाँईले पनि सुनेकै हुनुपर्ने । हामी सानो हुँदादेखि नै रेडियोमा बज्ने धेरै राहगरुमा कि प्रभा आत्रे नत्र यिनै कौशिकाको त स्वर हुन्थ्यो । यिनैसँगजस्तो हर शब्दहरुलाई बिशष्ट ढङ्गबाट गाउने तरिका मैले अरु निके कम गायक गायकीहरुमा मात्र भेटेको छु । यहि राग भिमपलासी पनि थुप्रैले गाएकै त छन् तर यिनले जति नाँई । आज पनि यिनले निकै मनले गायिन् । गाउँदै गर्दा हलमा रहेका करिब दुई सयजनाको मनमा एउटा सुन्दर कम्पन, चेहेरामा अनौठो चमक र शरिरका ईन्द्रियहरुमा एउटा झङ्कार सबैले महसुस गरेकै हुनुपर्छ । जस्तो कि मलाई ध्यानमा बस्दाजस्तो आनन्द आईरहेथ्यो । मानौँ म बुद्दत्त्व प्राप्त गर्दैछु । मानौँ म आफ्नो मनलाई सुन्नसक्ने भएको छु ।

    बिस्तारै बिस्तारै के भो के भो । मन गह्रुङ्गो भएर आयो । म त रुन पुगेछु एक्कासी । लौन मैले त सायरालाई सम्झिन पुगेछु बर्षौपछि । यो के भयो । एक्कासी मेरो यादमा आएर तिमीले यो के गर्यौ सायरा ? यो कस्तो सजाय !

    सायराको पच्चिसौँ जन्मदिनको आवसर पारेर मैले उसलाई भ्वाईलिन उपहार दिएको थिएँ । यस्तो रुन्चे दिनमा होईन । घाम लागेको अल्लि उज्यालो दिनमा । त्यसपछिका दिनहरुमा ऊ बिहानै नुहाएर मेरो बिस्तारामा आउँथी । म यसै उठ्न नमानेपछि आफ्नो चिसो कपालले मेरो अनुहार भिजाईदिएर उसले अनेकथोक गर्थी । मलाई काउकुति लागेजस्तो अनेकथोक भएपछि बल्लबल्ल ब्युझन्थेँ । तल बगैँचाको उत्तिरपटि फर्किएर हामीले बिहानीको राग गाउँथ्यौँ । मेरो स्वर पनि सुरुमा त कहाँ यत्तिको थियो र । उसकै मेहेनतले त हो नि । हेर्दाहेर्दै एक बर्षमा हामीले निकै राम्रो प्रगती गर्यौँ । जस्तो कि हामीलाई केहि साङ्गितक साँझहरुबाट भ्वाईलिन बादनका लागि निम्ता समेत आउन थाल्यो। सकेसम्म हामी दुबै त्यस्ता कार्यक्रममा सामेल हुन्थेऊँ । तयारी नगरिकनै गएको भएपनि आयोजकले निकै कर गरेपछि म पनि स्टेजमा उत्रिएर ठुमरी गाईदिन्थेँ । गुरु कामदले जत्ति त ठुमरी कसले पो गाउन सक्थ्यो र ! तर कसो निकै प्यारो प्रस्ताबहरु अस्विकार गर्नै नसकिने । अनि त के ! मनबाट गाइदिएपचि राम्रै त सुनिन्छ । तारिफका ओईरोहरु मेले गाउँदा पनि आईपुगे । सायराले भ्वाईलिन बजाउँदा पनि । हामी खुशी र उल्लासमा बाँच्न थाल्यौ अनि । हामी नदि जस्तै बनाएर जिन्दगीको लय – त्यसमै रमायौँ । सडकमा खुशीहरुको जुलुस निस्किएको बेला थियो जो । हामी सङ्गितमा एकाकार भएको बेला । समय र सङ्गित एउटै भएको बेला ।

    मेरो घरमा आउनुभएको छ भने तपाँईलाई याद हुनुपर्ने त्यहाँबाट कति राम्रा – राम्रा हिमालहरु देखिन्छन् । रेखाजस्तो पारीको हिमाली पदमार्ग र त्यहाँ यात्रा गरिरहेका कमिला जत्रा मान्छेहरु ! तलपट्टिको तीनतले झरना र त्यो झरनामा कहिलेकाहिँ पानी पिउन आउने हरिणका बच्चाहरु ! सबका सब देखिन्छन् । अझ बढि पारीपट्टिको डाँडामा एउटा खजुरको बोट पनि त देखिन्छ । ‘त्यो खजुरको बोट त स्वर्गको बगैँचाबाट पुर्णिमाको रातमा पृथ्बिलोकमा पठाईएको हो’ भनेर सायरा छोरीलाई कथा सुनाईरहन्छिन् । अनि छोरी मलाई त्यो बोट भन्दा पारी के छ भन्दै हैरान पार्छे । जवाफ यो या त्यो दिएर टारीदिन्छु । मलाई पनि गएको भए पो थाहा हुनु । केहि महिनादेखि बादल लागेर खजुरको बोट छोपिएको छ । सायद चराका बच्चाहरु चिसो मान्दै होलान् त्यहाँ । सायद अहिले त्यहाँसम्म पुग्ने बाटो पनि बादलुभित्र कतै हराएको छ । सम्झिएर आउँदा यस्तै परिबेशसँग गुज्रिईरहेको छ हाम्रो जिवनको सुर ताल र लय पनि । बादलभित्र हराएकी छे सायरा र म ति चराका बच्चाजस्तै भएको छु अचेल ।

    शरद् ऋतुका अन्तिम दिनसम्म सायरा घरमै थिई । उहि भ्वाईलिनसँग खेलिरहेकि । ऊ कुनै नयाँ सङ्गित सिर्जना गर्न खोजिरहेकी थिई । उसलाई ‘ जिन्दगी र अन्तिम सत्य’ थिममा सङ्गित सिर्जना गर्ने बढो रहर थियो । यो त्यहि थिम हो जसमा मैले बर्षौ अघि कविता लेखेको थिएँ । कविताका शुरुवाती हरफ यस्ता थिए –

    मैले यो सत्य चुपचाप बतास भएर सुनाउनुपर्छ

    र तिमीले यो सत्य चुपचाप समय भएर सुन्नुपर्छ ।

    जिन्दगी एक हाटबजार हो !

    ( कल्पितका कविताहरु , पृष्ठ १३ )

    उसलाई यो फिटिक्कै मन परेको थिएन । जहिले भन्थि – ‘तिमी अलि सङ्किर्ण भयौ प्यारे । जिवनको आयतन किन यसरी खुम्चाएको ?’ म नाजवाफ भईदिन्थेँ । उससँग तर्क गरेर जित्न पनि त सक्दिन म । बरु मलाई यहि थिममा उसले सिर्जना गर्ने सङ्गित सुन्न बढो हतारो थियो । म बिश्वस्थ पनि थिएँ कि यो बिशेष हुनेछ । सायराको सिर्जना पो हो त ! उसको धयान कतै मोडिन्छ कि भनेर म पुरै सजग थिएँ घरमा । आवाज त म मरेँ निकाल्दिनथेँ । ऊ आफैँ बरु बेलाबेला बिटल्स सुन्थि । बेलाबेला रबिशङ्करको सङ्गित सुन्थी । एउटा तज्जुबको मौनता जुन उसको सङ्गितङको थिमसँग मिल्थ्यो, त्यो कायम नै थियो । मलाई यत्ति थाहा छ । र यो पनि थाहा छ कि त्यो दिन दिउँसो ३:४५ मा मेरो मोबाईलमा सन्देश आएको थियो – ‘ सङ्गित तयार भयो !’ अहो खुशी ! सायराको महिनौँको साधना पुरा भयो । लौ १ ‘जिन्दगी र अन्तिम सत्य’ ले आकार पायो अब । म बढो खुशी र दङ्गदास हुँदै तु घर फर्किएको थिएँ । अनि म घर पुग्दा ऊ हिडिसकेकी थिई । कहाँ रु दैब जानून् । हुनसक्छ जिवनको अन्तिम सत्य सुनाउन ।

    सायरा बिनाको म पानीजस्तै हुन्छु । रङ्गहिन, स्वादहिन र गन्धहिन । आकारबिहिन पनि । अस्तब्यस्त पनि । हुनसक्छ यो स्मरण पनि त्यस्तै भएको छ ।

  • २६ आश्विन २०७४, बिहीबार १३:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित