मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल हङकङसँग ८४ रनले पराजित
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज २७ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल हंङकङसँग ८४ रनले पराजित भएको छ ।
    हङकङले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३४।५ ओभरमा १११ रन बनाउँदै अल आउट भएको हो । हङकङले ५० ओभरमा अलआउट हुँदै १९४ बनाएको थियो । हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा भएको खेलमा नेपालले टस जितेर हङकङलाई व्याटिङको निम्तो दिएको थियो।
    नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन, आरिफ शेखले २३, उपकप्तान ज्ञानेन्द्र मल्ल २१ र विनोद भण्डारीले १८ रन बनाए पनि अन्य ब्याट्सम्यान जम्न सकेनन् ।
    उत्कृष्ट बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले २, करन केसीले २, सुशन भारीले १ विकेट लिए। ३।४ ओभरमा शुन्य रन हुँदै हङकङको पहिलो विकेट गुमेको थियो । त्यसपछि निकै आक्रामक व्याटिङ गरेका बाबरलाई १०।५ ओभरमा रनआउट गरी दोस्रो विकेट लिएको थियो । उनले २६ रलमा २९ रन बनाएका थिए । हङकङका लागि सर्वाधिक ७६ रन जेजे अटकिन्सनले बनाए ११७ बलको सामना गरेको उनले ९ चौका र १ छक्का प्रहार गरे । तानवीर अफजलले ३८ रन बनाए भने बाबरले २९ रन बनाए ।
    १४४ रन बनाउँदा ८ विकेट गुमाएको हङकङका लागि आठौं नम्बरमा व्याटिङ गर्न आएका तानवीरले आक्रामक व्याटिङ गरेपछि हङकङ ठूलो स्कोर बनाउँन सफल भयो । हङकङका लागि इशान खान एक्लैले पाँच विकेट लिए र अइजाज खानले तीन विकेट लिएपछि नेपालको ब्याटिङ जम्न सकेन ।
    नेपालका लागि सन् २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नै पर्ने बाध्यता थियो । आजको खेलमा पराजित भएपछि नेपालको सम्भावना कमजोर बनेको छ । आइतबारको खेलमा हङकङलाई पराजित गर्न सकेको अवस्थामा विश्वकप छनोटमा स्थान सुरक्षित गर्ने नेपालको झिनो सम्भावना रहेको छ । यद्यपी नेपाललाई विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नकै लागि अर्को प्रतियोगिता खेल्नुपर्ने हुन्छ ।
    २०१९ विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा आईसीसीको वरीयताक्रमको पुछारका चार, विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार टोली र यसपछि हुने डिभिजन दुईका शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

     

  • २७ आश्विन २०७४, शुक्रबार १४:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित