मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस छलफलमाः एमाले र माओवादी बैठक पनि बस्दै
  • मार्गरेखा संवाददाता

  • g]sf sfo{;Dkfbg ;ldltsf] a}7s afn'jf6f/df a'waf/ a;]sf] g]kfnL sfFu|]; sfo{;Dkfbg ;ldltsf] a}7sdf ;efklt Pj+ k|wfgdGqL z]/axfb'/ b]pjfnufot g]tfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं, २९ असोज /प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार छान्न दलहरु बिहानदेखि छलफलमा व्यस्त भएका छन् ।

    बन्दसूची आज आज निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । तरपनि राजनीतिक दलहरूले त्यसको टुंगो लगाउन सकेका छैनन् । नेपाली कांग्रेसले बिहान प्रधानमन्त्रीको सरकारी निवासमा उम्मेदवार छान्न छलफल गर्दैछ । कांग्रेसमा जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा धेरै छ ।

    नामबारे अध्ययन गर्न बनेको कार्यदल र संसदीय वोर्डको बैठक बिहान बसेर नाम तय गर्ने कांग्रेसले जनाएको छ । आज दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।

    एमाले र माओवादी बैठक पनि बस्दै
    एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन नेकपा एमालेको बैठक पनि बस्दैछ ।

    प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस भएर आएको एमालेले जनाएको छ । सबैको नाम प्रस्ताव गरेर छलफल गर्दा लामो समय गुज्रिने देखिएपछि प्रदेश संयोजकहरूमार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट समानुपातिकतर्फका उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ ।

    आज त्यही सूचीमा छलफल गरेर अन्तिम नाम तय गर्ने एमालेले जनाएको छ । आज ४ बजेसम्म सूची बुझाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै माओवादी केन्द्रले पनि अहिले बिहान छलफल गरेर नाम तय गर्दैछ । आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो ।

    माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आज बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताउनुभयो ।

  • २९ आश्विन २०७४, आईतवार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित