मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिरिजमा मध्यपश्चिम अगाडी
  • मार्गरेखा संवाददाता

  • कोहलपुरमा शनिबारदेखी सुरु भएको यू–१६ क्रिकेट सिरिजको दोस्रो खेलमा पनि मध्यपश्चिम क्रिकेट क्लब बिजयी भएको छ ।

    प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा तिन दिनसम्म संचालन हुने सिरिजको दोस्रो दिनको खेलमा मध्यपश्चिम क्रिकेट क्लब ४५ रनले बिजयी भएको हो । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा समेत मध्यपश्चिमले जित निकलेको थियो । धनगढीको स्पार्क क्रिकेट एकेडेमीलाई ९१ रनले पराजित गर्दै मध्यपश्चिमले खाता खोलेको थियो । जसको म्यान अफ द म्याच मध्यपश्चिमका खेलाडी रोहीत सापकोटा घोषित भए ।

    मध्यपश्चिम क्रिकेट क्लबको विशेष निमन्त्रणमा सिरिज खेल्नका लागि धनगढी एकेडेमीका खेलाडीहरु कोहलपुर आएको मध्यपश्चिम क्रिकेट क्लबका कप्तान नितेश विष्ठले जानकारी दिए । यद्यपी सिरिजको अघिल्ला दुबै खेल जितेको मध्यपश्चिमले नतिजा आफ्नाे पोल्टामा पारीसकेको छ ।

  • २९ आश्विन २०७४, आईतवार २१:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित