मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा पनि शुरु भयो पटाका आतंक
  • मार्गरेखा संवाददाता

  • खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार रुपैडियाबाट गैर कानुनी रुपमा भित्रिने गरेका पटाका आतंक कोहलपुरमा शुरु भएको छ ।
    विशेष गरी भारतीय बजारहरुमा दिपावलीको अवशरमा उत्सवको रुपमा पट्काइने पटाकाजन्य विष्फोटक पदार्थहरुले नेपाली बजारहरुमा पनि स्थान पाउदै गएको छ । स्थानीय प्रशासनले हिन्दुहरुको दोस्रो महान चाड दिपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थहरु पट्काउन बर्जित गरेपनि लुकाएर वा गैर कानुनी रुपमा रुपैडिहा बजारबाट नेपालगञ्ज, कोहलपुर लगाएतका बजार केन्द्रहरुमा भित्रिने पटाकाहरुले साँझको समयमा एक किमिसको आतंक नै सिर्जना गर्ने गरिरहेका छन् । कोहलपुर बजार क्षेत्रमा केही दिन पहिलेदेखि नै ठुलो र चर्को आवाज दिने पटाकाहरुको आवाज सुनिने गरेको छ ।
    नेपाली बजारमा खुला रुपमा विक्री वितरणमा प्रशासनले रोक लगाएपनि किनमेलका लागि सीमावर्ती भारतीय बजार पुग्ने नेपाली ग्राहकहरुले यस्ता पटाका तथा पटाकाजन्य बिष्फोटक पदार्थहरु भित्राउने गर्छन् । यस बाहेक चाडपर्वको वेला चोरी बाटो प्रयोग गरेर पटाका भित्राउने गिरोह नै सक्रिय हुने गरेको छ ।
    चाडपर्वको बेला सीमामा चेकजाँचका क्रममा ठुलो परिमाणमा पटाकाजन्य विष्फोटक पदार्थहरु बरामद गरिने भएपनि ठुलो परिमाणमा दिनहु भित्रिने क्रम भने जारी छ ।
    तिहार आउने अझै केही दिन बाँकी रहेपनि कोहलपुर बजारमा साँझको बेला आतंक नै सिर्जना हुने गरी पटाकाहरु पड्काइदा समेत प्रहरीले कुनै चासो भने देखाएको छैन । कोहलपुरमा रहेको इलाका प्रहरी कार्यालय परिसरभन्दा केही मिटरको दुरीमा यस्ता पटाकाहरु पड्काइदा पनि प्रहरीले कुनै वास्ता नगर्दा पटाका पड्काइने क्रमले तिब्रता पाउँदै गरेको छ ।
    मानव स्वास्थ्य र मानविय जोखिमका लागि पटाकाजन्य बिष्फोटक पदार्थहरु त्यत्तिकै खतरा मानिन्छ तर नियमन तथा नियन्त्रण गर्ने निकायहरु कानमा तेल हालेर बस्दा यो एउटा विकृतीको रुपमा देखा परेको छ ।
    पटाकाबाट निस्केको आगोले भौतिक संरचनामा क्षति पुगेको, मानिसको दृष्टि गुमेको त विभिन्न सञ्चारमाध्यहरुमा समाचारको रुपमा वाहिर आउने गरेका छन् । चिकित्सकहरु अनुसार यसबाट निस्कने धुँवाले बनाउने वातावरण प्रदुषणबाट फोक्सो संक्रमण, हृदयघात र क्यान्सर (अर्वुद रोग) हुन सक्ने संभावना पनि त्यत्तिकै छन् । पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम
    रहेको र यो दिमाग र फोक्सोका लागि हानीकारक रहेको प्रमाणित भइसकेको चिकित्सकहरुको भनाई छ । त्यस्तै पटाकाबाट निस्कने रातो ज्वालामा लिथियम र स्ट्रोनटियम हुन्छ । जसबाट बच्चाको हड्डिको विकासमा असर पार्ने गर्दछ । अझ चिन्ताको विषय यो छ कि यसमा अर्वुद रोगको कारक तत्व र हर्मोनलाई असन्तुलित पार्ने तत्व समेत बारुद र पटाकामा हुन्छ । पटाका बनाउन प्रयोग गरिने विभिन्न रासायनिक पदार्थबाट हावामा सल्फर डाइअक्साइड, कार्वोन डाइअक्साइड र कार्वोन मनोअक्साइडजस्ता विषालु ग्यासबाट फोक्सोको क्यान्सर र क्रोनिक व्रोङकाइटिस रोग लागी अकाल मै मृत्यु हुने सम्भावना अधिक रहने चिकित्सकहरुले बताउँदै आएका छन् ।

  • ३० आश्विन २०७४, सोमबार १४:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित