मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१ सय २० जेष्ठ नागरीक शिविरबाट लाभान्वित
  • मार्गरेखा संवाददाता

  • जेष्ठ नागरीकका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ सय २० जना जेष्ठ नागरीकहरु लाभान्वित भएका छन् ।
    कोहलपुर नगरपालिकाको आयोजना तथा वडा नं. १० र ११ को संयोजनमा सञ्चालन गरिएको शिविरमा सबै प्रकारको स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने अधिकांश जेष्ठ नागरीकहरुमा आँखा, कान र छालाको समस्या देखिएको उपचारमा संलग्न चिकित्कहरुले जनाएका छन् ।

    ७० वर्ष भन्दा माथिका वृद्व–वृद्वाहरुलाई नगर कार्यपालिकाको निर्णय अनुसार एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष निरज चलाउनले जानकारी दिए ।
    शिविरको उद्घाटन गर्दै नगरपालिकार्यपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरका सम्पूर्ण वृद्व–वृद्वा बुवाआमाहरुको स्वास्थ्य चेकजाँच निशूल्क गरिने भएकाले सबैले आफ्नो स्वास्थ्य चेकजाँच गरेर शिविरको लाभ लिन आग्रह गरे । उनले क्रमिक रुपमा सबै वडाहरुमा शिविर आयोजना हुने जानकारी दिँदै शिविरमा बढि भन्दा बिढ जेष्ठ नागरिकहरुलाई स्वास्थ्य परीक्षण
    गराउन आग्रह समेत गरे । यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगरकार्यपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिका भित्रका वृद्व–वृद्वाहरुलाई स्वस्थ बनाउका लागि कोहलपुर नगरपालिकाले नयाँ कार्यको थालनि गरेको बताईन् । कोहलपुर नगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउने लगायतको उपस्थिति रहेको थियो भने डा. प्रवेश पन्त र डा. सुनिता सेघाईले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेका थिए ।

  • ३० आश्विन २०७४, सोमबार १५:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित