नेपालगन्ज असोज ३१ । नेपाल प्रहरीको ६२ औ प्रहरी दिवसको अवसमा पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरका नेपालगन्जका मठाधीस महन्त, राष्ट्रिगुरु,धर्म गुरु चन्द्रनाथ योगीलाई कदर पत्र सहित एक कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जले सम्मान गरेको छ ।
समाजका हरेक वर्ग,सम्प्रदाय तथा धार्मिक समुदायहरुबीच आपसी प्रेम,भातृत्व तथा सद्भाव अक्षण्ण राख्नुका साथै धार्मिक बिषयमा भएका कतिपय संवेदनशीलमुद्धाहरुमा समेत समाजिक मुल्य मान्यताहरुको संरक्षरण गरी धार्मिक सद्भाव तथा सहिष्णुता जागृत गर्न धार्मिक गुरुका रुपमा अभिभावकीय भुमिका निर्बाह गरेकोमा मठाधीस महन्त चन्द्रनाथ योगीलाई संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेशबिक्रम शाहले कदरपत्र प्रदान गदै सम्मान गरेका थिए ।