कोहलपुर नगरपालिका अन्र्तगतको वडा नं. ५ र ६ लाई फोहर वडामुक्त वडाको रुपमा विकसित गराउन वडावासीहरुलाई जागरुक बन्न कोहलपुर नगरकार्यपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले आग्रह गरेकी छिन् ।
मंगलबार सिद्वार्थ एकिकृत विकास मञ्च कोहलपुरले आयोजना गरेको रझेना गाउँ स्तरीय वृहत सरसफाई कार्यक्रमको उद्घाटन गर्दै उप–प्रमुख थारुले आप्mनो गाउँ र आप्mनो ठाउँ हरेक व्यवक्तिको पहिचान बन्ने भएकाले सबै स्थानीय वडावासीहरु अब वडा नं. ५ र ६ लाई फोहरमुक्त वडाको रुपमा विकास गर्दै नमूना वडा निर्माण गर्ने अभियानमा हातेमालो गर्न आवश्यक
रहेको बताइन् । वडा नं. ५ र ६ अन्र्तगको थारु गाउँले थारु कला संस्कृतीको अझै पनि प्रतिनिधित्व गर्ने भएकाले फोहरमुक्त वडाको रुपमा विकास गर्न वडावासी हरुलाई जागरुक बन्न आग्रह गरिन् । हिन्दु नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवशरमा आयोजना गरिएको सरसफाई कार्यक्रमले निरन्तरता पाएको खण्डमा मात्र अभियानले सार्थकता पाउने उनको भनाई थियो ।
कार्यक्रममा वडा नं. ५ र ६ का निर्वाचित वडाध्यक्ष लगाएत निर्वाचित जनप्रतिनिधीहरु तथा वडावासीहरुको सहभागिता रहेको थियो ।