मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको २५ औ वर्ष
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    तुलसीपुर दाङ कार्तिक २ । तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको २५ औ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर रजत जयन्ती महोत्सव मनाउन थालेको छ । आज विहिवार संघले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वाणिज्य संघले राप्ती अञ्चल अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ । सो अवसरमा २ दर्जन बढि विरामीहरुलाई फलफुल वितरण गरेको वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिनुभएको छ । वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतको नेतृत्वमा राप्ती अञ्चल अस्पताल पुगेको उद्योगी,व्यवसायीहरुको टोलीले अस्पतालले पं्रदान गर्ने सेवा छिटो,छरितो रुपमा संचालन गर्न व्यवस्थापन समितिलाई आग्रह गरेको छ । सो अवसरमा वोल्ने वक्ताहरुले अस्पताललाई अझ विकास गर्न सबैको भूमिका रहनुपर्ने औल्याएका छन् । सो अवसरमा अञ्चल अस्पताल विकास समितिका अध्यक्ष विष्णु कुमार देवकोटा,तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजाल लगायतले वोल्नु भएको थियो । त्यसैगरी आजै लक्ष्मी पुजा को अवसरमा उद्योग वाणिज्य संघले विजौरीमा रहेको अनाथालयमा पुगी चौध जना असाहाय वालवालिकाहरुलाई खाद्यान्न एवं शैक्षिक सामाग्री वितरण गरेको छ । सो अवसरमा वोल्ने वक्ताहरुले जनप्रतिनिधि विहिन अवस्थामा तुलसीपुर उद्योग वाणिज्य संघले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै प्रशंसा समेत गरेका थिए । कार्यक्रममा वडा नं १८ का वडा अध्यक्ष माधव वली,तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी ,असाहाय वाल विकास नेपालका अध्यक्ष विष्णु चौधरी, स्थानीय योगराज शर्मा,रिपोर्टर्स क्लव दाङका सचिव विमल गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन महासचिव रुप बहादुर खत्रीले गर्नुभएको थियो ।
    तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको २५औ वर्ष पुगेको अवसरमा रजत जयन्ती महोत्सव आज देखि विभिन्न कार्यक्रमहरु गरी एक महिना सम्म मनाउन थालेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभएको छ ।
    यसैविच दाङ फेमिना ग्रुपले विजौरी अनाथालयमा रहेका १४ जना वालवालिकाहरुलाई कपडा वितरण गरेको छ । ग्रुप कि अध्यक्ष संगीता ढकालको नेतृत्वमा विजौरी पुगेको टोलीले लक्ष्मी पुजाको अवसरमा १४ जना वालवालिकाहरुलाई एक एक सेट रेडिमेड कपडा वितरण गरेको हो । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघले केहिबेर देउसी भैलो समेत खेलेर ती वालवालिकाहरुलाई केहि वेर मनोरञ्जन गराएको थियो ।

     

     

  • २ कार्तिक २०७४, बिहीबार १२:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित