नेपालगन्ज असोज २ । नेपाली काँग्रेसको भातृसस्था नेपाल सांस्कृतिक संघ बाँकेले बाढी प्रभाबित क्षेत्र बाँकेको राप्ती सोनारी गाउँपालिको टिकुलीपुरमा देउसी भैलो कार्यकम गरि बाढी प्रभाबित जनता संग देउसी भैलो खेलेको छ ।
नेपाली काँग्रेसका नेता एवम २०७० को संबिधान सभाका उमेद्धार नाराण प्रसाद सिग्देल र राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले देउसी भैलो कार्यक्रमको सयुक्त रुपमा शुभारम्भ गरेका थिए ।
देउसी भैलो कार्यकमको मुख्य उदेश्य बाढीबाट प्रभाबित जनताहरुको पिडालाई कम गर्ने र देउसी भैलोबाट उठेको रकम बाढीपिडीहरुलाई सहयोग गर्ने कुरा नेपाल सांस्कृतिक संघ बाँकेका अध्यक्ष सन्तोष पौडेलले जनाएका छन ।
देउसी भैलो कार्यक्रमा नेपाल सांस्कृतिक संघ बाँकेका कलाकारहरुले बिभिन्न प्रस्तुती देखाएको कार्यक्रममा नेपाली काँग्रेस बाँके क्षेत्र न.१ का सचिव डिल्ली गिरी नेपाली काँग्रेस कोहलपुर नगर समितीका कोषाअध्यक्ष गोबिन्द पौडेल,नेपाली काग्रेसका युवा नेता गोबिन्द वाग्लेको सहभागिता रहेको थियो ।