मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हुम्लाका ३१ सरकारी कार्यालय प्रमुख विहीन, सेवाग्राही मर्कामा
  • मार्गरेखा संवाददाता

  • हुम्ला सिमिकोट असोज २ ।हुम्ला जिल्लामा स्थापित ३९ मध्य ३१ सरकारी कार्यालय हरुमा करिव १ महिनादेखि प्रमुख विहीन रहेका छन । दशै विदा भन्दा अगाडी नै जिल्ला छोडेका ती कार्यालय प्रमुखहरु हालसम्म जिल्लामा फिर्ता नहुदा कार्यालयहरु प्रमुख विहीन हुदा सेवाग्राही भने मर्कामा परेका छन ।
    दशै विदा सकिएको दुई हप्ता भै सक्दा पनि प्रमुख विहीन रहेका जिल्लाका सरकारी कार्यालयहरुमा जिल्ला स्वास्थ्य, जिल्ला आर्युवेद, सरकारी वकिल, जिल्ला हुलाक, कारागार, जिल्ला समन्वय समिति, हिल्दुम साना जल विधुत आयोजना, नेपाल टेलिकम, महिला तथा वालवालिकाको कार्यालय, सिमकोट हिल्सा सडक आयोजना, कृषि विकास वैंक, जिल्ला कृषि विकास, जिल्ला पशुसेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, कोलेनिका, जिल्ला निर्वाचन, जल उत्पन्न प्रकोप सव डिभिजन, सिंचाई सव डिभिजन रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद वास्कोटाले वताउनु भयो ।
    त्यसै गरि जिल्लाका सात वटै गाँउ पालिकाका कार्यकारीहरु पनि जिल्ला वाहिरै रहेको उहाँले वताउनुु भयो । लामो समयसम्म कार्यालयहरु प्रमुुख विहीन हुदा सेवाग्राही मर्कामा पर्ने भएको हुदा आफुले केही समय अगाडी हाजिरी छड्के गरेको त्यस माथि छानविन भै रहेको प्रनिअ वास्कोटाले वताउनु भयो ।
    छानविनका आधारमा कार्यालय प्रमुख र कर्मचारीमाथि आवश्य कारवाहीका लागि आवश्यक प्रकृया अगाडी वढाइने पनि उहाँले वताउनु भयो । हाल जिल्लाका जिल्ला प्रशासन, नयाँ भैरवी गुुल्म रानीवन, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान जिल्ला वन, खाद्य संस्थान, नापी र राष्ट्रिय वाणिज्य वैंकमा मात्र कार्यालय प्रमुखको उपस्थिती रहेको छ ।

     

  • २ कार्तिक २०७४, बिहीबार १३:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित