मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसलाई कसैले पनि निर्बाचनमा हराउन नसक्न महामन्त्री कोईराला
  • मार्गरेखा संवाददाता

  • काठमाण्डौ कात्तिक ७ । कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले नेपाली काँग्रेसका नेता कार्यक्रता एकजुट भई निर्बाचनमा सहभागी भएमा नेपाली काँग्रेसलाई कसैले पनि निर्बाचनमा हराउन नसक्ने बताउदै बाम गठबन्धनमा सहभागी दलहरु एकआपसमा झगडा गरि आफै समाप्त भएर जाने बताएका छन । भारतको कोलकातामा बसेर उद्योग व्यवसाय गरेका सर्लाहीका दिनेश सिंहलाई पार्टी प्रवेश गराउँदै कोइरालाले ‘वामपन्थीले तालमेल गरेर ध्रुवीकरण गरे । तर, यसबाट कांग्रेस आत्तिनुपर्ने अवस्था छैन ।’ कोइरालाले भने, ‘हामीले पनि केही दलसँग तालमेलको प्रयास गरेका छौँ । सहयोग पनि पाउँदै आएका छौँ ’ वाम गठबन्धनबाट नआत्ति चुनावी प्रचारमा लाग्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए ।
    कोइरालाले आफ्नै निवास महाराजगन्जमा आयोजित कार्यक्रममा सिंहलाई कांग्रेसको साधारण सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । कोइरालाले कांग्रेस सबैको रोजाइको पार्टी भएको पनि जिकिर गरे । सिंहले भारतमा लामो समय व्यापार र सामाजिक काममा सक्रिय रहे पनि अब कांग्रेसमा आबद्ध भएर जनताका लागि काम गर्ने बताए ।

     

  • ७ कार्तिक २०७४, मंगलवार १०:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित