मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुलुकलाई सम्बृद्व बनाउने अभियानमा कोहलपुर वाणिज्य संघ : अध्यक्ष अधिकारी
  • मार्गरेखा संवाददाता

  • मुलुकलाई सम्बृद्व बनाउने अभियानमा कोहलपुर वाणिज्य संघ : अध्यक्ष अधिकारी

    पाँच नंम्वर प्रदेशको उदयमान नगर कोहलपुरलाई मुलुकको आर्थिक सम्बृद्विको प्रमुख हिस्सेदार गराउने कोहलपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष चक्र अधिकारीले बताएका छन् ।

    श्रावण १५ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित अधिकारीले आफ्नाे पदभार ग्रहण गर्दै मुलुकलाई आर्थिक रुपमा सम्बृद्वशाली बनाउने अभियानमा संघ एउटा हिस्सेदारको भूमिका निर्वाह गर्ने बताएका हुन् । सपथ ग्रहण सँगै पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष अधिकारीले यस अघि उपाध्यक्षको रुपमा रहदै गर्दा कोहलपुर क्षेत्रको व्यवसायिक पाटोलाई राम्रोसँग अध्ययन गरेको बताउँदै यस क्षेत्रका व्यवसायीहरुले खुला सिमाका कारण व्यहोर्नुपरेको प्रमुख समस्यालाई सुल्झाउन विशेष रणनीतिका साथ अगाडी बढ्ने व्यवसायीमाझ प्रतिबद्वता जनाएका छन् ।

    सो कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउका लागि कोहलपुर क्षेत्रमा सुतिजन्य गुट्का विक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताउँदै कोहलपुर नगरपालिकाले कानुन निर्माण गरिरहेको हुनाले उद्योग व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताए ।
    यस्तै नव निर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार कार्यक्रममा सहभागि हुन आएका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पाँच नंम्वर प्रदेश अध्यक्ष गुणनिधी तिवारीले वाणिज्य क्षेत्रले मुलुकको अर्थलाई सबलिकरण गर्न विेशष भूमिका निर्वाह गर्दै आएको भन्दै राज्य पक्षले वाणिज्य क्षेललाई विशेष महत्व दिनुपर्नेमा जोड दिएका छन् । तिवारी लगाएतका अन्य महासंघका केन्द्रीय तथा पाँच नंम्वर प्रदेशका प्रादेशिक सदस्यहरुले वाणिज्य क्षेत्रले मुलुकको आर्थिक पक्षमा पु¥याएको योगदानबारे चर्चा समेत गरेका छन् ।

    निर्वाचनबाट निर्वाचित २२ सदस्यीय कार्यसमितिका पदाधिकारीहरुलाई कोहलपुरमा भव्य कार्यक्रमकाबीच स्थानीय जनप्रतिनिधीहरु, सरकारी निकायका प्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधीहरु र व्यवसायिक संगठनका प्रतिनिधीहरुको बीच पदभार तथा सपथ ग्रहण गराइएको हो ।

     

  • २४ श्रावण २०७४, मंगलवार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित