नेपालगञ्ज कात्तिक ७ । नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाइट शाखा बाँकेका प्राविधिक तेश्रो तह पदमा कार्यरत जयराम न्यौपाने ९ हजार घुस रकम सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग विद्युत मिटर जडान गरिदिने भन्दै घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ परेको न्यौपानेमाथि अनुसन्धान जारी रहेको अख्तियार आयोगले जनाएको छ ।