दुर्गा आर्चाय
गुलरिया बर्दिया कात्तिक ७ । बर्दियास् गुलरिया नगरपालिकाले चालु आर्थिक बर्ष ०७४र०७५ का लागि करिव ६३ करोड रुपैया बजेट विनियोजन गरेको छ। गुलरिया नगरपालिकाको प्रथम नगरसभाले चालु र पुँगीगत खर्च तर्फ गरी ६२ करोड ९९ लाख २५ हजार रुपैया पारित गरेको हो।
नगरपालिकाको चालु खर्च तर्फ १३ करोड ८९ लाख १४ हजार ४८० रुपैया र वार्डहरु तर्फ १ करोड ४६ हजार ४०० रुपैया विनियोजन गरेको गुलरिया नगरपालिका प्रशासन शाखा प्रमुख कपिल घिमिरेले बताए। उनले भने, ुनगरपालिकाको पूँजीगत खर्च तर्फ ३६ करोड ६० हजार ६५२ रुपैया र वार्डहरु तर्फ १२ करोड रुपैया विनियोजन भएको छ।
सोमवारदेखि शुरु भएको नगरसभाले गुलरिया नगरपालिकाको बजेट, निति तथा कार्यक्रम माथी छलफल गर्दै पारित गरेको हो। सभामा पूर्वाधार तर्फका नगर तथा वडा स्तरिय योजना, करको दररेट, कर्मचारी सम्वन्धी योजना लगायत संस्थाका नितिगत व्यवस्थाका बारेमा छलफल भैरहेको घिमिरेले प्रष्ट पारे। उनले थपे, ुसबै कुरामा छलफल टंगाउन केही दिन लाग्न सक्छ।ु
गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पशुपालन, स्वास्थ्य खानेपानी तथा सरसफाई, पर्यटन सँस्कृति तथा वातावरण, सामाजिक विकास, महिला शसक्तिकरण लगायतका क्षेत्रमा गहन छलफल भैरहेको व छ।