मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एमालेका प्रस्ताबिक पशुपति मिश्रलाई माओवादीले नमान्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज कात्तिक ८ । बाम गठबन्धन हुनु आगाडि नै नेकपा एमालेको तर्फबाट क्षेत्र नं। २ का लागि संसदको उम्मेदवार बनाईएका पशुपति दयाल मिश्रलाई माओवादीका स्थानीय नेता–कार्यकर्ताहरुले नमान्ने जनाउ दिएका छन् । बाम गठबन्धन बन्नु अघि नै एकतर्फीरुपमा एमालेबाट उम्मेदबार सिफारिस भएकाले माओवादी केन्द्र मिश्रलाई आफ्नो उम्मेदवार मान्न बाध्य नभएको माओवादी केन्द्रका नेताहरुको भनाई छ । यद्यपी ६०र४० को भागबण्डामा एमालेले माओवादीसँगको सहमतिमा मिश्रलाई सिफारिस गरेमा भने आफूहरुले स्वीकार्न सक्ने कतिपय माओवादीका नेताहरुको भनाई छ ।
    मिश्रलाई एमालेले सूर्य चिन्हबाट क्षेत्र नं। २ मा उम्मेदवार बनाउने निर्णय गरिसकेको भएपनि माओवादी केन्द्रसँग भने औपचारिक सहमति भएको छैन । माओवादी केन्द्रका एक स्थानीय नेताका अनुसार बाम गठबन्धनबीच सहमति भईहाल्यो भने पनि माओवादी केन्द्रको ठूलो हिस्सा विरोधमा उत्रिने सम्भावना देखिएको छ । ‘सुरुमै एमालेले सिफारिस गरिसकेका हुनाले मिश्रको सम्भावना बढी छ । तर सँगसँगै मिश्रले टिकट पाएमा माओवादी केन्द्रका नेताहरु भड्किने सम्भावना पनि उत्तिकै छ । त्यसैले औपचारिक निर्णयमा पुग्न कठिनाई भएको हो ।’, माओवादी केन्द्रका एक नेताले भने ।
    राष्ट्रिय जनता पार्टीबाट एमाले प्रवेश गरेका पशुपति दयाल मिश्रको सबैभन्दा बढी बिरोध सोही पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकाहरुले गरिरहेका छन् । नवप्रवेशी माओवादी ललित रौनियार लगायतले मिश्रको खुलेरै विरोध गरिरहेका छन् । माओवादी केन्द्रका स्थानीय नेताहरु अहिले पनि क्षेत्र नं। २ बाट माओवादी केन्द्रका उम्मेदवार खडा गर्नुपर्ने पक्षमा लबिङ गरिरहेका छन् ।
    ‘माओवादी केन्द्रले क्षेत्र नं। १ मा संघीय संसद र १ को प्रदेश ‘क’ , ३ को ‘ख’ र २ को ‘ख’ पाउने मोटामोटी सहमति भएको छ । समिकरण मिलाउँदा क्षेत्र फरक हुन सक्छ । क्षेत्र नं। २ मा हाम्रो बलियो उपस्थितिका कारण स्थानीय नेताहरुले यहाँ दाबी गरिरहनुभएको छ ।’ माओवादी केन्द्रका एक नेताले भने । अबध पोष्ट्बाट

     

  • ८ कार्तिक २०७४, बुधबार ११:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित