नेपालगञ्ज कात्तिक ८ । संघीय इकाई प्रहरी कार्यालय नेपालगन्जल बाट परिचालित प्रहरीले जानकी गाउँपालिका–६, डिठ्ठापुरचोकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत को बहराईच जिल्लाको जियागाउँ बस्ने २५ वर्षीय रमजान खान रहेका छन् ।
प्रहरीले खानसंग अबैध हतियार भएको सूचनाको आधारमा चेकजाँच गर्दा अवैध पेस्तोल फेला पारेको को थियो। अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।