मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विराटसँगै गर्ने भइन अनुष्काले विवाह
  • मार्गरेखा संवाददाता

  • क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको दुवैका ‘डाइहार्ड’ फ्यानका लागि दुःखको खबर छ । केही वर्षदेखि रोमान्स गरिरहेको यो जोडी चाँडै लगनगाँठो कस्दैछ । सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उनीहरू आगामी डिसेम्बरमा लगनगाँठो कस्दैछन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार गत सोमबार मात्र श्रीलंकासँग हुने पहिलो दुई दिवसीय टेस्ट क्रिकेटका लागि कप्तान बनाइएका विराटले ‘व्यक्तिगत कामका लागि’ भन्दै भारतीय क्रिकेटको सर्वोच्च संस्था बिसिसिआईलाई डिसेम्बरमा एक महिना विदा दिन आग्रह गरेका छन् । श्रीलंकामा डिसेम्बर महिनामा हुन लागेको टेष्ट क्रिकेटबाट छुट्टी लिन उनले भारतीय क्रिकेट बोर्र्डसमक्ष आग्रह गरेका हुन्।

    ‘विराट श्रीलंकामा टेष्ट क्रिकेट खेल्न चाहँदैनन् । त्यसकारण उनले बिसिसिआईसँग छुट्टी मागिरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने विराट आफैं कसरी क्रिकेट खेल्नबाट छुट्कारा पाउन छुट्टी मागिरहेका छन् । यो आफैमा रहस्यमय विषय हो,’बिसिसिआईका एक अधिकारीले भनेका छन्।

    केही वर्षदेखि विराटसँग प्रेम सम्बन्धमा रहेकी अनुष्का विराटको क्रिकेट हेर्नकै लागि समय–समयमा रंगशालामा पुगिरहन्छिन् । यो बीचमा उनीहरुबीच सम्बन्ध टुटेको हल्ला पनि नआएको होइन । क्रिकेट मैदानमा विराटको खराब प्रदर्शन पछि त्यसको कारकका रुपमा क्रिकेटका दर्शकले अनुष्कालाई दोषी मानेका थिए । यो अवस्थापछि पनि विराटले सामाजिक सञ्जालमा अनुष्काप्रति आफ्नो माया दर्शाइ नै रहे।

    यो जोडी केही साता अघि मात्र टेलिभिजनमा एक पहिरन ब्रान्डको प्रबद्र्धन गर्न विवाहित जोडीको रुपमा प्रस्तुत भएको थियो । विराटले क्रिकेटबाट एक महिना बिदा लिएकै समयमा अनुष्काले पनि डिसेम्बरमा कुनै पनि फिल्मको सुटिङ नगर्ने योजना बनाएकी छन् । यसले पनि विवाहको हल्लालाई हावा दिइरहेको छ । अनुष्का पछिल्लो पटक फिल्म ‘जब हैरी मेट सेजल’मा शाहरुख खानसँग देखिएकी थिइन् । आजभोलि भने उनी आफ्नै प्रोडक्सनमा बनिरहेको फिल्म ‘परी’मा व्यस्त छिन्।  नागरिक दैनिकबाट

  • ८ कार्तिक २०७४, बुधबार १५:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित