जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी रौँ हटाउन सकिन्छ ।
मुसुरोको दाल
राति सुत्नेवेला चार चम्चाजति मुसुरोको दाल दूधमा भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर बच्चाको रौँ भएको ठाउँमा लगाउने । चारदेखि पाँच मिनेटसम्म राखेपछि मनतातो पानी र कपासले सफा गर्ने ।
बेसन
बेसन र दूधको पेस्ट बनाएर बच्चाको रौँ भएको शरीरको भागमा लगाउने । हप्ताको दुईपटकसम्म यस्तो गर्नाले बच्चाको शरीरमा भएको रौँ हराउँदै जान्छ ।
नतताएको दूध
नतताएको काँचो दूधले मालिस गर्दा पनि बच्चाको रौँ जान्छ । यसमा अझै आमाको दूध उपयुक्त मानिन्छ । काँचो दूधमा थोरै बेसार मिसाएर पनि लगाउन सकिन्छ । हप्तामा तीन–चारपटकसम्म प्रयोग गर्दा छिट्टै बच्चाको रौँ हराएर जान्छ ।
तेल
बच्चालाई तेलले मालिस गर्दा पनि रौँ हराएर जान्छ ।
मुल्तानी माटो
मुल्तानी माटोलाई दूधमा मिसाएर रौँ भएको भागमा लगाउँदा पनि बच्चाको शरीरमा भएको रौँ हराउँछ । तर, यस्तो पेस्ट बच्चाको शरीरमा लगाएपछि तत्काल साबुन प्रयोग गर्नु हुँदैन ।