मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिर्ण बन्दै जाजरकाेट दरवार, सम्बन्धित निकाय माैन
  • मार्गरेखा संवाददाता

  • जनक केसी / जाजरकोट,

    निकै कलात्मक एवम ऐतिहासिक जाजरकोट दरवार जिर्ण वन्दै गएको गएको छ । २ सय ५० वर्ष अघि गोरखाका राजा पृथ्वीनारायण शाहका मित हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक छ ।

    हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाइ इटा बाेकाएर दरवार निर्माण गर्न लगाएका थिए । तर अहिले स्थानीय जनता र सरकारी वेवास्ताका कारण यो दरवार जिर्ण वन्दै गएको छ । नेपाल बाइसी र चौविसौ राज्यमा विभाजित भएका वेला र गोरखाका राजा पृथ्वी नारायण शाहको नेपाल एकिकरण अभियान सफल पार्न ठुलो सहयोग गरेका जाजरकोटी राजा हरि शाहले १८२५मा निर्माण गरेको उक्त दरवार अहिले ऐतिहासिक वस्तुहरु विहिन भएको छ ।

    दरवारमा भएका सवै सामाग्रीहरु राजाका भाइ छोराहरु र अन्य व्यक्तिहरुले लिएर गायव पारेका कारण अहिले यो दरवार भित्री रुपमा खोक्रो भएको हो । निकै कलात्मक झयाल, ढोका र पुरै दरवारको डिजाइन देख्ने कोहि पनि आगन्तुक मोहित पर्ने जाजरकोट दरवार मुलकका अन्य ठुला र चर्चित दरवारहरु जस्तै संग्राहलय वन्न सक्ने सम्भावना अत्यधिक देखिन्छ । नेपाल एकिकरण अभियानका वेला पस्चिममा निकै शाक्तिशाली राज्यको रुपमा रहेका जाजरकोट राज्यका राजाको दरवार पुरातत्व विभागमा दर्ता भएको भएपनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाहरुको गुनासो छ ।

    नेपालमा प्रजातन्त्र स्थापना हुने वेला सम्म श्रीपेच, राजगद्धी, लगाएतका महत्वपुर्ण सामाग्रीहरु र दरवार सजावटका सामाग्रीहरु भएपनि पछि ती सामाग्रीहरु हराएका छन् । जाजरकोट दरवारलाइ संग्राहलय वनाउनका लागि दरवारवाट हराएका सामाग्रीहरुको खोजी गर्न आवस्यक रहेको स्थानीय तेजविक्रम शाहले वताए । जिल्ला समुन्वय समितिका सदस्य समेत रहेका शाहले दरवारको ऐतिहासिक्ता र कलाको संरक्षणका लागि भेरी नगरपालिकाका तर्फवाट केहि नितिगत निर्णयहरु गरिएको वताए ।

    दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृस्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृस्य मात्र होइन पुर्वतिर सिस्ने हिमाल, होलु जिउला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको खलंगाको पिपलडाडा स्थित टाकुरोमा रहेको जाजरकोट दरवार प्राकृतिक सुन्दरताको विचमा कुरुप वन्दै गएको छ । प्रत्यक वर्ष दशैंको महानवमीका दिन दरवार र जाजरकोट राज्यको ऐतिहासिक्ता एवम साँस्कृतिक महत्व झल्काउने रांगो वली हाल्ने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ ।

    पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाइ दिएको खड्कको पुजा गर्न ९ रांगा ९ वोकाको वलि दिने चलन पनि हराउदै गएको छ । सुरुमा ७ तले यो दरवार १९९० सालको महाभुकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरवारको भव्य महल विचमा रानीहरुले नुहाउने तलाउ रहेको उक्त दरवारका धेरै संरचनाहरु भत्किसकेका छन् । दरवार प्रवेश गर्नु भन्दा एक सय मिटर परको स्थानमा दुइवटा सिंहले अगाडीका दुइ खुटटा उचालेर आक्रोस व्यक्त गरेको तस्वीर झल्किने कलात्मक गेट पनि २०३५ सालतिर भत्किसकेको पछि कसैले पनि त्यसको पुननिर्माणका लागि पहल नगरेको शाहले वताए । सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मुलन गरेपछि राजाले वस्न छोडेको यो दरवारका सवै महत्वपुर्ण एवम ऐतिहासिक वस्तुहरु अहिले हराइ सकेको जाजरकोटको इतिहास र सस्कृतिका खोजकर्ता राजुराजा सिंहले वताए ।

    उनले इतिहासमा नेपाल एकिकरणका वेला जाजरकोट राज्यले पुरयाएको योगदानको सम्झना गराउने सवै वस्तुहरु राजाका सन्तान भाइभारदार र अन्यले वेपत्ता वनाएका कारण आज दरवारको शोभा हराएको वताए । विगतमा दरवारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन पुर्तिहरु मध्य एउटा हनुमानको मुर्ति द्धन्दकालमा हराएको थियो भने अन्य दुइवटा मात्र रानागाउँको कालीका मन्दिर र पिपलडाडाको गणेश मन्दिरमा सुरक्षित रहेको उनले वताए । सरकार र स्थानीय सरोकारवालाहरुले खोजी गरे देशकै महत्वपुर्ण दरवार संग्राहलय वन्न सक्ने सम्भावना रहेको उनले वताए ।

    खोजकर्ता सिंहले हुम्ला र चिनको विचमा रहेको ताक्लाकोटमा विसं १९१४मा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले आक्रमण गरि जितेका छालाको तोप र केहि अन्य हतियारहरु राष्ट्रिय संग्राहलय छाउनीमा रहेको वताए । अन्य ६ सय थान वन्दुकहरु राजाका सन्तानहरुले नै लिएर वेपत्ता पारेको उनले वताए । १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसंग मितेरी साइनो लगाउदै गरेको धर्मसन्धीका वेला पाएका केहि उपहारहरु र दस्तावेजहरु पनि अहिले भेटाउन गाह्रो भएको सिंहले वताए ।

    पुथ्वीनारायण शाहले शक्तिको प्रतीकको रुपमा दिएको खडग अर्थात तरवार मात्र अहिले जगतिपुर स्थित मन्दिरमा खर्के देउताको रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले वताए । सरोकारवाला निकायको वेवास्ताका कारण दरवारको ऐतिहासिक महत्व र कलात्मकता समेत हराउदै गएको जाजरकोटी राजाका सन्तान पर्ने स्थानीय केशवजंग शाहले वताए । दरवार चारै तिरवाट भत्किने अवस्थामा पुगेको यसको संरक्षण एवम सम्वद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केहि नगरेका कारण समस्या परेको उनले वताए । जिल्लाको प्रमुख प्रशासनिक केन्द्रको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय रहेको दरवार जिर्ण अवस्थामा पुगेर कुरुपता वढ्दै गएपनि कसैको चासो देखिएको उनले वताए ।

    जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीवाट इटटा वोकेर जाजरकोट दरवार वनेको भएपनि अहिले यसको संरक्षणको लागि कसैको चासो नेदेखिएको ८५ वर्षीय जेष्ठ नागरिक मानवहादुर सिंहले वताए । पहिले दरवार प्रवेशद्धारहरुमा निर्माण गरिएका कलात्मक गेट एवम वगैचाहरु पनि भत्काए अहिले पुरै दरवारको भवन नै जिर्ण वन्दा पनि संरक्षणको चिन्ता कसैलाइ छैन, सिहले भने । उता प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जाजरकोट दरवार पुननिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभीजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टमेट तयार पारेको वताए । उनले भवन डिभीजन कार्यालयले दरवारको ऐतिहासिक पक्ष तथा कलात्मकता नविग्रिने गरि वनाएको डिजाइन तथा आर्थिक योजना सहितको पुननिर्माण योजना गृह मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा गएर रोकिएको वताए । अर्थ मन्त्रालयले वजेट स्वीकृत नगरेका कारण दरवारको पुननिर्माण गर्ने कुरा अघि वढ्न नसकेको वताए ।

    जाजरकोट दरवारलाइ पनि पाल्पा दरवार जस्तै आकर्षक दरवारको रुपमा विकास गर्न योजना वनेको प्रजिअ शाहीले वताए । नेपाल वाइसी र चौवीसी राज्यमा विभाजित भएका वेला वाइसी राज्य अन्तरगत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका सँस्थापक राजा जगतिसिंह मेदिनीवर्मा हुन् । उनले विसं १४५५मा जाजरकोट राज्य स्थापना गरेका थिए । उनी पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलंगाको पिपलडाडामा नै उनका नाति पर्ने हरि शाहले उक्त राजदरवार निर्माण गरे ।हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरवार जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पन्चायतलाइ ६० हजार रुपैयामा विक्रि गरेका थिए ।

    राजारजौटा उन्मुलन र दरवार विक्रि पछि पनि गणतन्त्र स्थापना नहुने वेला सम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहेपनि दरवारको संरक्षण एवम सम्वद्र्धनमा कुनै चासो दिएको पाइदैन । दरवारमा रहेका निकै मुल्यवान एवम महत्वपुर्ण वस्तुहरु राजाकै सन्तानहरुले अहिले पनि आफना घरमा राखेको स्थानीय सरोकारवालाहरु वताउछन् ।

    तस्विर  स्राेत : गुगल

  • ९ कार्तिक २०७४, बिहीबार १३:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित