मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस रुकुमले पुर्वराज्यमन्त्री तथा सांसद मिठ्ठ मल्ल सहित २१ जना नेता काँर्यकताँहरुलाई कारबाहि
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस रुकुमले पुर्वराज्यमन्त्री तथा सांसद मिठ्ठ मल्ल सहित २१ जना नेता काँर्यकताँहरुलाई कारबाहि

    स्थानिय तहको निर्बाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै नेपाली काँग्रेस रुकुमले पुर्वराज्यमन्त्री तथा सांसद मिठ्ठ मल्ल सहित २१ जना नेता काँर्यकताँहरुलाई कारबाहि गरेको छ । स्थानीय निर्वाचन समीक्षाका लागि बसेको स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्य समिति, भातृ संघ संगठनका पदाधिकारीसहितको भेलाले सांसद मल्लसहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ भने १४ जनालाई थप स्पस्टीकरण मागेको छ । जिल्ला पार्टीले गठन गरेको अनुशासन विभागको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीबाट निस्कासन गरिएको हो ।

    पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते अनुशासन विभागले २५ जनालाई लिखित स्पष्टिकरण सोधेको थियो । तीमध्ये चार जनाले मात्रै लिखित स्पष्टीकरण दिएको र त्यो चित्तबुझ्दो भएकाले उनीहरुलाई सफाई दिएको अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले जनाएका छन ।

     

  • २४ श्रावण २०७४, मंगलवार २१:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित