मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज म्याराथन २०१७ तथा बहुभाषिक सांस्कृतिक उत्सवमा आगामी मंसिर ५ गते नेपालगञ्जमा हुने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज १२ कात्तिक । एक दशक लामो सशस्त्र द्धन्द्धको बिधिवत अन्त्य भएको २०६३ मंसिर ५ गतेको बिस्तृत शान्ति सम्झौताको स्मरणमा शान्ति सदभाव र एकता,राष्ट्र निमार्णमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नेपालगञ्ज म्याराथन २०१७ तथा बहुभाषिक सांस्कृतिक उत्सव क्रियटिभ ह्याण्ड्स नेपालगञ्जले तेस्रो संस्करण आगामी मंसिर ५ गते नेपालगञ्जमा गरिने सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
    पत्रकार सम्मेलनमा नेपालगञ्ज म्याराथन २०१७ तथा बहुभाषिक सांस्कृतिक उत्सवमा प्रयोग गरिने टिसर्ट क्रियटिभ ह्याण्ड्स नेपालगञ्जका अध्यक्ष टीएस ठकुरी मध्यपश्चिम खेलकुद बिकाश समितीका अध्यक्ष भिम ओली, मध्यपश्चिम खेलकुद बिकाश समितीका उपनिर्देशक जयन्त शर्मा ,एथलेटिक्स बरिष्ठ प्रशिक्षक बिक्रम थापा लगायत अथितिले सार्वजनिक गरेका थिए ।
    पत्रकार सम्मेलनमा क्रियटिभ ह्याण्ड्स नेपालगञ्जका अध्यक्ष टीएस ठकुरीले मंसिर ५ गतेदेखि सुरु हुने नेपालगञ्ज म्याराथन २०१७ तथा बहुभाषिक सांस्कृतिक उत्सवमा नेपालगञ्ज म्याराथन ४२.१९५ किलोमिटर पुरुष खुल्ला।,नेपालगञ्ज हाफ म्याराथन २१ किलोमिटर,बिद्यालय स्तरिय ५ किलोमिटर छात्र सडक दौड, बिद्यालय स्तरिय ५ किलोमिटर छात्रा सडक दौड,व्हील चेयर(ट्रइसाईकल) दौड,बिद्यालय स्तरीय नृत्य प्रतियोगीता र शान्ति दीप प्रज्वलन कोहलपुर चौराहमा गरिने जनाउदै उत्सव प्रथम,द्धितीय,तृतिय चौथो,पाँचौ लगायत हुने लाईकरिव २ लाख रुपैया नगदको पुरस्कारको व्यवस्था गरिएको बताए । पत्रकार सम्मेलनमा पत्रकारको पश्नको जवाफ दिदै अध्यक्ष टिएस ठकुरीले उतसव गर्नुको मुख्य उद्ेश्य नेपालगञ्ज नगरी र बाँके जिल्ला लाई देश बिदेशमा पहिचान गराउने रहेको बताउदै उत्सव सम्पन्न गर्नेका लागी बिभिन्न सहयोगी हात र समाजिक संस्थाहरुले सहयोगबाट करिव १६ लाख रुपैयामा सम्पन्न गरिने बताए ।

  • १३ कार्तिक २०७४, सोमबार १५:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित