मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गैरबाढी पिडितलाई राहात दिएको भन्दै बनकट्टीमा अवरोध,बाढी पिडितका नाममा हिरमिनियामा भोटर किनमिल हुदै
  • मार्गरेखा संवाददाता

  • बाँके १३ कार्तिक । केन्द्र र प्रदेशको निर्वाचन हुन महिना दिन मात्रै बाँकी रहँदा सरकारले बाढी पिडितलाई बितरण गर्न दिएको रकममा वडा कार्यालयले राजनिति गरे पछि पिडितहरुले अबरोध गरेका छन् ।
    बाँकेको डुडुवा गाँउपालिका वडा नं. ३ बनकट्टीका वडा अध्यक्ष भण्डारी लाल यादवले बाढी पिडितहरुको नामावली तयार गर्दा गैर पिडितहरुको नामावली तयार गरी पठाएको सोही बमोजिम राहात वितरण गर्ने प्रयास गरे पछि पिडितहरुले पुन छानबिन गरी वास्ताविक पिडितहरुलाई राहात वितरण गर्न माग गरे पछि गाँउपालिकाले प्रमुख जिल्ला अधिकारी संग समन्वय गरेर मात्र राहात बितरण गर्ने उर्दी जारी गरेको छ ।
    बाढीले घरबार बगाएका र खाने अन्नपात समेत नरहेका पीडितहरु सरकारी राहतको पर्खाइमा रहेका बेला वडा अध्यक्ष यादवले एमाले,काग्रेश र माओबादीलाई भोट दिने पिडितहरुलाई आफू राहात दिन नसक्ने बताए पछि पिडितहरुले गाँउपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।
    वडा अध्यक्ष भण्डारी लाल यादवले, राहात वितरण गर्न खोज्दा केही ठूला पार्टीका कार्यकर्ताहरुले अबरोध गरे पछि आक्रोशमा मैले ठूलो पार्टीहरुको नाम लिएको बताउदै नामावली तयार गर्दा केही त्रुटि भएकोले सच्याउने प्रयास भई रहेको बताउनु भयो ।
    यता डुडुवा गाँउपालिका प्रमुख नरेन्द्र चौधरीले राहात बितरणमा कुनै प्रकारको राजनिति नुहने बताउदै वास्तविक पिडितहरुलाई राहात दिन गाँउपालिका लागी परेको बताउनुभयो । उहाँले बनकट्टीमा मात्र राहात वितरणमा समस्या देखा परेकोले उक्त समस्या समाधानका लागि आफू लागी परेको जिकिर गर्नु भयो । प्रमुख चौधरीले वडा अध्यक्षहरुलाई जनताको हितमा काम गर्दा राजनिति भन्दा माथि उढेर काम गर्न निर्देशन समेत दिनु भएको छ ।
    यस्तै बाढी नलागेको डुडुवागाँउपालिका वडा नं. ६ हिरमिनियामा समेत बाढी पिडितहरुका नाममा राहात वितरण गरिएको छ । बाढी नै नलाग्ने ठाँउमा राहात बितरण गर्नु भनेको नजिक्दै गरेको चुनावका लागि भोटर खरिद गर्ने कार्य भएको स्थानीय युवा नेता इरफान शेखले आरोप लगाएका छन् । उनले तत्काल छानबिन गरी राज्यको सम्पत्ति दुरुपयोग गर्ने माथि कारवाही लागि सम्बन्धीत निकाय संग माग गरेका छन् ।

  • १३ कार्तिक २०७४, सोमबार १६:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित