आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभामा १सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा सबै भन्दा बढी क्षेत्र नं। २ र सबै भन्दा थोरै क्षेत्र नं। ३ मा उम्मेदवारी परेको छ ।
प्रमुख जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस बिष्णु सुवेदीले निर्वाचन क्षेत्र अनुसार क्षेत्र नं। १ मा ३५ जना, क्षेत्र नं। २ मा सबै भन्दा बढी ४८ जना र क्षेत्र नं। ३ मा सबै भन्दा थोरै २९ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएको जानकारी दिए ।
प्रमुख जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस सुवेदीले बाँके निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभामा १३ जना, प्रदेश सभा निर्वान क्षेत्रनं। १ ९कं० मा १३ जना र क्षेत्र नं। १ ९ख० मा १० गरी ३५ जनाले उम्मेदवारी दर्ता गराएको बताए ।
यसैगरी बाँके निर्वाचन क्षेत्र नं। २ मा प्रतिनिधि सभामा १९ जनाले उम्मेवारी दिएकाछन् । यसमा ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र नं। २ ९क०मा ३ स्वतन्त्र सहित १४ जना, क्षेत्र नं। २ ९खं०मा स्वतन्त्र २ सहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृत सुवेदीका अनुसार बाँके निर्वाचन क्षेत्र नं।३ मा प्रतिनिधि सभाको लागि ८ जना, प्रदेश सभाको क्षेत्र नं। ३ ९क०मा १० जना र ३ ९ख०मा ११ जनाले उम्मेदवारी दिएका छन् ।
नेपाली काग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १।२ र ३ संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं। १ मा माधवराम केसी, क्षेत्र नं। २ मा ओम प्रकाश आजाद र ३ बाट बादशाह कुर्मीले मनोनयन दर्ता गराए । प्रदेश सभा तर्फ शरद बर्मा, नारायण प्रसाद गौडेल, निरञ्जन सिंह सिजापति, सुरेन्द्र हमाल, चन्तराम थारु र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले धम्बोझीबाट शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता गराउन पुगेको थियो । वाम गठबन्धनबाट क्षेत्र नं। १ मा महेश्वर गहतराज, क्षेत्र नं। २ बाट पशुपति दयाल मिश्र र क्षेत्र नं। ३ बाट नन्दलाल रोकायले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरे । प्रदेश सभाका लागि क्षेत्र नं। १ को क बाट कृष्ण केसी नमूना, ख बाट आरती पौडेल, क्षेत्र नं। २ को क बाट कामता खटिक, ख बाट विजय गुप्ता, क्षेत्र नं। ३ क बाट इन्द्र प्रसाद ९आइपी० खरेल र ख बाट बाबुराम गौतमले उम्मेदवारी दर्ता गराए ।
संघीय समाजवादी फोरमबाट लाल बहादुर शाह, इस्तियाक राई र मनोज कुमार दीक्षितले क्रमशः क्षेत्र नं। १, २ र ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए । प्रदेश सभातर्फ फोरमबाट कमसर खा“, रमेश यादव, विजय बहादुर यादव, बलराम यादव, राम सोहन कुर्मी लगायत छन् । राष्ट्रिय जनता पार्टीस“ग देशव्यापी गठबन्धन गरेको फोरमले बा“केमा भने एक्लै उम्मेदवारी दिएको हो ।
त्यस्तै, राष्ट्रिय जनता पार्टीले क्षेत्र नं। १ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेन । प्रदेश सभाका लागि क बाट राम कुमार दीक्षितको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं। २ बाट विजय कुमार गुप्ता र ३ बाट फैसल अन्सारी उम्मेदवार छन् । प्रतिनिधिसभामा २ क बाट आशिष गुप्ता र ख मा कौशल कुमार मिश्र तथा ३ क मा देबेन्द्रनाथ शुक्ल र ख मा राजेश बर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
नया शक्ति पार्टीबाट बुद्ध बहादुर सुनार क्षेत्र नं। १, वेद प्रसाद आचार्य क्षेत्र नं। २ र विरेन्द्र पुन क्षेत्र नं। ३ बाट उम्मेदवार छन् । प्रदेश तर्फ निसिम खा“, फकरुल्ला पठान, सुनिल कुमार सिंघल, मोहन चन्द र मो। अख्तर छन् । पहिलो पटक बाकेमा अस्तित्वमा देखिएको विवेकशिल साझा पार्टीबाट क्षेत्र नं। १ बाट कुशल अधिकारी र २ बाट नगेन्द्र कुवर प्रतिनिधिसभा सदस्य र डा। विनोद कर्ण २ को ख बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् ।
त्यस्तै, क्षेत्र नं। १ मा कमला खड्का राष्ट्रिय जनमोर्चा, खड्गराज थापा नेमकिपा, सोनु गुरुङ्ग राष्ट्रिय जनमुक्ति पार्टी, पंकज शर्मा राप्रपा राष्ट्रवादी र ऋषिराम थारु देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन् । क्षेत्र नं। २ मा लिलौ दर्जी जन समाजवादी, कृष्णराज पाण्डे राष्ट्रिय जनमोर्चा, दल बहादुर परियार नेमकिपा, तेज नारायण कंडेल एकीकृत राप्रपा राष्ट्रवादी, धनसिंह रानामगर राष्ट्रिय जनमुक्ति पार्टी, मुनब्बर अली हलवाई संघीय समाजवादी पार्टी लगायतले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं। ३ बाट प्रतिनिधिसभामा मान बहादुर भण्डारी राजमो, नगेन्द्र बुढाथोकी नेमकिपा, मुकुन्द सिंह वली देशभक्त गणतान्त्रिक मोर्चा बाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या पनि उत्तिकै छ । क्षेत्र नं। १ बाट कृष्ण बहादुर कार्की, सविर खा“ र सुरेश कुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कार्की का“ग्रेस र चौधरी माओवादीका नेता हुन् ।
प्रतिनिधिसभामा सबैभन्दा बढी १९ जनाले उम्मेदवारी दिएको क्षेत्र नं। २ मा शिव डोटेल, धु्रव प्रसाद दाहाल, हिम बहादुर तामांग, अब्दुल हकिम हलाई, मो। आलम सिद्दिकी, मुग बहादुर शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । डोटेल नेपालगन्जमा रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशिल छन् भने दाहाल अन्तिम समयसम्म नेपाली का“ग्रेसबाट टिकटका आकांक्षी थिए । शाह भने माओवादीबाट स्थानीय तहमा नेपालगन्ज उपमहानगरपालिका भित्र वडाध्यक्षका उम्मेदवार थिए ।
प्रदेशसभामा समेत स्वतन्त्रका नाममा उम्मेदवारी दिएर दलहरु भित्रका असन्तुष्टि छताछुल्ल पारिएको छ । क्षेत्र नं। १ को क बाट माओवादी आकांक्षी अम्मर बहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । हेम कुमार यादव र दुर्गा प्रसाद चौधरीले समेत स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नं। २ को क मा जसोधा खत्री, अब्दुल गफ्फार, सरोज कुमारी यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ख बाट पदम श्रेष्ठ र प्रेम यादवले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका
छन् ।