मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विवादको उत्तम उपाय मेलमिलाप न्यायधिश गणेश प्रसाद बराल
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज कात्तिक १७ । उच्च अदातल तुल्सीपुर नेपालगञ्ज इजलाशका न्यायधिश गणेश प्रसाद बरालले न्यायलयले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्व दिएको बताउनु भएको छ । नेपाल बार एशोसीएशनद्धारा कानून व्यवसायीका लागि सञ्चालित ८ दिने आधारभुत मेलमिलाप तालिमको शुक्रबार नेपालगञ्जमा उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । न्यायधिश बरालले विवादको उत्तम उपाय मेलमिलाप भएकाले प्रथमतः मेलमिलापको माध्यम प्रयोग गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । मेलमिलापबाटै न्याय दिन सकिने मुद्धा पनि आदालतसमक्ष आएको अनुभव सुनाउँदै उहाँले अदालती प्रक्रिया ढीलो र खर्चीलो हुन सक्ने तर्फ सचेत रहनु आग्रह गर्नु भयो । मेलमिलापको ज्ञान र दक्षताले कानून व्यसायीको क्षेत्राधिकार पनि विस्तार हुने भन्दै सामाजिक न्यायमा मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो । बारका महासचिव खम्व बहादुर खातीले बारलाई समय सापेक्ष आत्मनर्भिर, प्रविधीयुक्त बनाउँदै कानून व्यवसायीको दक्षता अभिवृद्धीमा केन्द्रीत गरिरहेको बताउनु भयो । बार उपाध्यक्ष शालिक राम सापकोटाले कानून व्यवसायीले पेशागत सीमा र जिम्मेवारी निर्वाह गर्न सक्ने बनाउन बार प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो । जिल्ला न्यायधिश विष्णु सुवेदीले समाजमा मेलमिलापको आवश्यक्ता बढदै गएको उल्लेख गर्दै मेलमिलापकर्ता सम्वेदनशिल र जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो । उच्च अदालत बार नेपालगञ्जका अध्यक्ष बल बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारका पुर्व उपाध्यक्ष प्रहलाद ब कार्की, वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता, दातृ निकाय जाइकाकी कानूनी सल्लाहकार सुधा काफले, जिल्ला बारका अध्यक्ष उदयराज बर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    बाँकेका ३० बढी कानून व्यवसायीहरुको सहभागिता रहेको तालिममा मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, अधिकार, यसको सही प्रयोग आदि विषयमा डा कुमार आचार्य लगायतले सहजीकरण गर्नु हुने छ ।

     

  • १७ कार्तिक २०७४, शुक्रबार १६:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित