मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर सुधार समाजको अध्यक्षमा गैरे
  • मार्गरेखा संवाददाता

  • कोहलपुर सुधार समाजको अध्यक्षमा गैरे

    कोहलपुर सुधार समाजको नयाँ नेतृत्वमा चण्डि प्रसाद गैरे चयन भएका छन् ।
    शनिवार सम्पन्न समाजको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनले गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा भुपेन्द्र जि.सी., सचिवमा हेम विक्रम जि.सी., कोषाध्यक्षमा मिना कुमारी चपाई निर्वाचित भएका छन् । सदस्यहरुमा लिला वल्लभ तिवारी, यादब कुमार बस्याल, टंक भुषाल, देविलाल बोहरा, मुकुन्द पौडेल, बखत बहादुर के.सी. र मञ्जु भण्डारी अधिवेशनबाट चयन भएका छन् ।
    नव निर्वाचित अध्यक्ष गैरेले आफ्नो कार्यकालमा विशेष गरी कोहलपुर क्षेत्रमा स्वास्थ्य, सरसफाई र वृक्षारोपण कार्यलाई बढि महत्व दिने बताए । यसका साथै विशेष गरी विपत व्यवस्थासँगै विपतबाट प्रभावितहरुका लागि स्वास्थ्य शिविर सञ्चालनलाई उच्च प्राथमिकतामा राख्ने बताए । हरित कोहलपुर अभियानलाई पनि समाजको वार्षिक कार्ययोजनामा विशेष स्थान दिने उनको भनाई छ ।

  • १८ कार्तिक २०७४, शनिबार १६:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित