मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जाडोमा मुटुसम्बन्धी रोगबाट बच्न यसो गर्नुहोस्
  • मार्गरेखा संवाददाता

  • गर्मीभन्दा जाडो मौसममा मुटुसम्बन्धी रोगका बिरामीको संख्या बढी हुन्छ । यो मौसममा एकपटक मुटुजन्य रोग लागेर सन्चो भइसकेका व्यक्तिमा पुनः बल्झिने सम्भावनासमेत उत्तिकै हुन्छ । यो मौसममा चिसोले एकाएक मुटुका नलीहरू खुम्चिएर हृदयाघात हुने डर पनि उत्तिकै हुन्छ ।

    डा. दीपेश प्रधान
    मुटुरोग विशेषज्ञ

    लक्षण
    -प्रेसर बढ्छ ।
    -सास फेर्न गाह्रो हुने ।
    -छाती दुख्ने समस्या ।
    -रिंगटा लाग्ने, टाउको दुख्ने ।
    -हर्टएट्याक हुने सम्भावना पनि हुन्छ ।

    बच्ने उपाय
    -चिसोमा नबस्ने । छाती दुख्ने, सास फर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।

    जाडोमा किन ब्लडप्रेसर बढ्छ ?
    गर्मीमा भन्दा जाडोमा ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप बढ्छ । त्यसको कारण भनेको चिसोको वेला छालामुनिका मसिना नलीहरू खुम्चिन थाल्छन् र रगत भित्रको मुख्य नलीमा जान्छ । बाहिरका नसामा बहने रगतसमेत भित्रका नसामा गएपछि चाप बढिहाल्छ । त्यसले पनि प्रेसर बढाउन मद्दत गर्छ ।

    मुटुरोगीले ध्यान दिनुपर्ने कुरा
    -एकदम चिसोमा घरबाहिर ननिस्कने ।
    -मर्निङवाक गर्ने बानी छ भने इभिनिङ वाक गर्न सकिन्छ ।
    -चिसो छ भन्दैमा चुरोट सेवन गर्नुपर्छ भन्ने छैन । चुरोट सेवन गर्दैनगर्ने ।
    -एकदम चिसो पानी नखाने । मनतातो पानीमा जोड दिने ।
    -माछामासुसँगै फलफूल हरियो तरकारीमा जोड दिने ।

    नयाँ पत्रिका बाट

  • १९ कार्तिक २०७४, आईतवार १२:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित