मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्तनमा गाँठा नभईकन पनि स्तन क्यान्सर हुनसक्छ
  • मार्गरेखा संवाददाता

  • स्तन क्यान्सरको पहिलो र मुख्य लक्षण भनेकै स्तनमा गाँठा गुठी हुनु हो । तर लण्डनका बैज्ञानिकहरुले स्तनमा गाँठा गुठी नदेखिएका महिलाहरुलाई पनि स्तनक्यान्सर हुन सक्ने दावी गरेका छन् । भर्खरै गरिएको अनुसन्धानलाई हवाला दिदै उनीहरुले महिलाहरुलाई गाँठा बाहेकका अन्य लक्षणहरु पनि हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

    युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरु भर्खरै स्तन क्यान्सर पत्ता लागेका २ हजार ३ सय महिलाहरुको लक्षण केलाएका थिए । सो क्रममा हरेक ६ मध्ये १ जनालाई स्तनमा गाँठा गुँठी नै नदेखिईकन क्यान्सर भएको पाइएको थियो । सोही कारण उनीहरुले स्तन क्यान्सरको लक्षण स्तनमा गाँठा बाहेक अन्य पनि हुनसक्ने भन्दै सचेत गराएका हुन् ।

    महिलाहरुले स्तनमा गाँठा आएको मात्रै क्यान्सर हुनसक्ने भन्दै अन्य लक्षणको वेवास्ता गरेको पाइयो । जसले गर्दा क्यान्सर रोगको पहिचान धेरै ढिला हुन गयो । नेशनल क्यान्सर रिसर्च इन्स्टिीच्युटका निर्देशक डा क्यारेन केनडीले भने, क्यान्सर रोग जति ढिलो पत्ता लाग्यो उत्तिकै जोखिम हुन्छ ।

    डा.  केनडीले काखी निर सुन्निने, स्तनको निप्पलमा परिवर्तन हुने, स्तनबाट रगत आउने, स्तनमा विमिरा आउने जस्ता लक्षण क्यान्सरको हुनसक्ने भन्दै यस्तो लक्षण आएमा परीक्षण गरिहाल्न सुझाव दिएका छन् ।

    उता अनुसन्धानकर्ताहरुले स्तनका गाँठा गुठि बाहेक अन्य लक्षणले पनि क्यान्सर रोग लागेको नलागेको थाह हुनसक्ने भन्दै महिलाहरुलाई आफै जाँच गर्ने केही सुझाव दिएका छन् ।

    उनीहरुले दिएको सुझावहरु यसप्रकार छन्
    १. स्तन वरिपरि गाँठा गुठी वा बाक्लो मांसपेशी देखिएमा क्यान्सरको लक्षण हुनसक्छ ।
    २. एउटा वा दुबै स्तनको बनोट र आकार परिवर्तन भएमा पनि क्यान्सर हुनसक्छ ।
    ३.  स्तनको निप्पलबाट रगत बगेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
    ४.  काखी वा त्यसवरपर सुन्निएमा वा गाँठा देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
    ५.  स्तनमा डिम्पल जस्तो खाल्टो देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
    ६.स्तनको मुन्टो (निप्पल) वरिपरि दाग वा धब्बा देखिएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
    ७.  स्तनको मुन्टो ( निप्पल)को बनोट र आकार परिवर्तन भएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।

    नेपाली हेल्थबाट

  • १९ कार्तिक २०७४, आईतवार १५:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित