नेपालगञ्ज कात्तिक २० । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले बाँके निर्बाचन क्षेत्र २ प्रतिनिधी सभाका उमेदवार ओम प्रकाश अजादलाई बिजय बनाउनका लागी चुनाबी अभियानलाई तिब्रता दिन थालेको छ । क्षेत्र नं २ चुनावी अभियानलाई तिब्र बनाउन सोमबार राप्रपा बाँकेको बसेको अगुवा कार्यकर्ता भेलाले बिभिन्न समिति गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल सम्मसेर राणाको संयोजकमा आर्थिक परिचालन समिती, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाँके अध्यक्ष नरेन्द्र पौडेल निर्बाचन समन्वय संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टीका बाँकेका सचिव रबिन थापा ब्यवस्थापन संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व अध्यक्ष ऋषि राज देवकोटा निर्बाचन परिचालन एवम प्रचार प्रचार मिडिया संयोजक, बाँकेका नेता द्धय मो.खालिद इकवाल इराकी,मनोज श्रेष्ठ धार्मिक संयोजक राष्ट्रिय रहेको प्रजातन्त्र पार्टी बाँकेका सचिव रबिन थापाले जनाएका छन