किरण आचार्य
कोहलपुर कात्तिक २० । बाँकेको कोहलपुर चौराह करिव ५० लाख रुपैयाको लागत आधुनिक सुन्दर निमार्ण हुने भएको छ ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि द्धारा कोहलपुर नगरपालिकाको वार्ड न ११ मा रहेको चौराहलाई सुन्दर आधुनिक रुपमा निमार्ण गर्ने भएको छ ।
चौराह निमार्णका लागी कोहलपुर नगरपालिका र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि बिच सम्झौता गरेका छन ।
सम्झौता पत्रमा कोहलपुर नगरपालिकाले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले चौराह निमार्ण गरे बापत कोहलपुर चौराह १५ बर्ष सम्म कोहलपुर चौराह संचालन गर्ने छ ,कोहलपुर चौराहमा सद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि लाई गोलो राउण्डको पुर्व,पश्चिम,उत्तर तथा दक्षिण गरि ४ ठाँउमा एक पिलर देखि अर्को पिलरको खण्डमा ४ फिट उचाई नबढने गरि नाम र लोगो सहितको र्बोड राख्न पाउने, कोहलपुर नगरपालिकाले चौराह संचालनमा आवश्यक पर्ने बिधुत पानीको व्यवस्था र महसुल शुल्क नगरपालिकाले तिर्नु पर्ने सम्झौतापत्रमा उल्लेख गरेको छ ।
आधुनिकरुपमा निमार्ण हुन लागेको चौराहमा चौबिसै घन्टा आधुनिक पानीको फोहरा र बत्तिको व्यवस्था रहने छ ।