मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हात्तीपाइलेको उच्च जोखिममा कोहलपुरका २ वडा, उप–मेयरद्वार चिन्ता व्यक्त
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिका अन्तर्गतका वडा नं. ५ र ६ हात्तिपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ ।

    नगरपालिकाको ५ र ६ नंम्वर वडा भित्रको थारु समुदायका २ सय ५७ जनाको रगत परीक्षण गर्दा ५४ जनामा हात्तिपाइलेको संक्रमण देखिएको
    छ । सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र रझेना स्वास्थ्य चौकीले संयुक्त रुपमा रझेना थारु गाउँमा स्थानीयको रगत परिक्षण गर्दा ५४ जना यो रोगबाट प्रभावित भएको पाइएको हो ।

    कोहलपुर नगरपालिका उप–प्रमुख तथा स्थानीय सञ्जु कुमारी थारुले नगरपालिका भित्रका २ वटा वडामा रगत परिक्षणका क्रममा संक्रमित संख्याले हात्तिपाइले नियन्त्रणमा ठुलो चुनौती देखिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । सरकारी पक्षले वर्षेर्नी अभियानकै रुपमा करौडौं रकम हात्तिपाइले नियन्त्रणका लागि खर्चिने गरेपनि अभियानले अपेक्षा गरेअनुसार सफलता पाउन नसकेको उनको भनाई छ । रगत परीक्षण कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी नगरपालिका उप–प्रमुख थारुले आफुले पनि रगत परीक्षण गराएको तर आफुमा भने संक्रमण नदेखिएको जानकारी दिइन् ।

    कार्यक्रममा वडा नं. ५ र ६ का वडाध्यक्षद्वयले रगत परिक्षण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । जनचेतनाको कमीले पनि धेरै व्यक्तिहरु हात्तिपाइले रोगका विषयमा अनभिज्ञ रहेको भन्दै प्रभावकारी रुपमा सबै वडाहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने तत्काल देखिएको उप–प्रमुख थारुको भनाई छ । कोहलपुर नगर कार्यपालिकाको वैठकमा हात्तीपाइलेबाट अति प्रभावित देखिएको वडा नं. ५ र ६ मा नियन्त्रण तथा अन्मुलनका लागि विशेष एजेण्डा लिएर जाने उनको भनाई छ । साथै नगरपालिकाका १५ वटै वडामा हात्तीपाइलेको अवस्था र नियन्त्रणबारे नगरपालिका संवेदनशील रहेको बताउँदै उप–मेयर थारुले हात्तीपाइले नियन्त्रण अभियानमा नगरपालिका प्रत्यक्ष रुपमा जोडिने उनले प्रतिबद्वता व्यक्त गरेकी छिन् ।

    क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । रोग लाग्दा शुरुमा सामान्य अवस्थामा हात–खुट्टा सुनिने, पुरुषमा हाइड्रोशील हुने र महिलामा स्तन सुनिनेलगायतका लक्षण देखिन्छ । यो रोग शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै गै हात्ति खुट्टा जस्तो देखिने भएकोले हात्तीपाइले रोग भनेर चिनिएको हो। यो रोग एक पटक लागेपछि जीवनभर निको हुँदैन। मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन। यो परजीबी करिव छवर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छ।

    यो परजीबी शरीरमा छ भने हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाइ ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्न सक्छ। फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन् । यी एकदेखि दुई वर्षसम्म जीवित रहन्छन्। यो रोग लागेको मानिसको तुरुन्तै मृत्यु भने हुँदैन। तापनि यस रोगले भेटेपछि उपचार भने नहुने भएकाले मानिसलाई जीवनभर भद्धा शरीर लिएर बाँच्नुपर्ने बनाउछ। मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाइ सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै यसको नियन्त्रण भएकाले शरीरमा देखापर्नुभन्दा पहिले नै उपचार गर्नु नै उत्तम विकल्प रहेको चिकित्सकहरुको भनाई छ । विशेषज्ञहरूका अनुसार हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्छ। तर, अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)को रिपोर्ट अनुसार दुई वर्षसम्मका बालबालिकामा भने यो रोग प्रायः देखिँदैन। यस्तै, महिलाको दाँजोमा पुरुषलाई रोग हुने सम्भावना बढी हुन्छ।

     

  • २० कार्तिक २०७४, सोमबार १९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित