मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जका औद्योगिक क्षेत्रमा वायु प्रदुर्षण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज कार्तिक २२ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका केही उद्योगले निरन्तर वायु प्रदुर्षण गरेको पाइएपछि अब निगरानी बढाइएको छ । अधिकांस उद्योगहरुबाट निस्कीने धुवाँ÷धुलोले नगर क्षेत्रको वायू प्रदुर्षण गरेको व्यापक जनगुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सम्वोधनको प्रक्रिया अघि बढाएको हो । उद्योगको आवश्यक मापदण्ड अनुसार रहे नरहेको बारे पत्राचार गरेपनि त्यसको सुनुवाई नभएपछि उपमहानगरपालिकाले माथिल्लो तहमा दवाव बढाएको हो । उपमहानगरपालिकाका तर्फबाट असोज २९ गते नेपाल सरकार बातावरण संरक्षण नियमावली २०५४को नियम १५ ले उल्लेख गरेको मापदण्डअनुसार गर्न गराउन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई अनुरोधसहितको पत्राचार भएको थियो । पत्राचारपछि त्यसको सकरात्मक प्रतिक्रिया र सुधार नभएपछि आवश्यक मापदण्ड बारे थप खोजवीन गर्न र कानूनी दायरामा ल्याउन थालीएको छ । पत्राचारअनुसार औद्योगिक क्षेत्रले जवाफ नपठाएको भन्दै उपमहानगरपालिकाले कार्तिक २० गते वातावरण मन्त्रालय वातावरण विभागका महाप्रवन्धकलाई विज्ञसहितको टोली पठाई आवश्यक अनुगमन गर्न र मापदण्ड पुरा नगरेका उद्योगमाथि कानूनी कारवाहीको प्रक्रिया बढाईदिन पत्राचार गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण पुनले धुलो धुवा निस्कीने उद्योगलाई आवश्यक सुधारका लागि ताकेता गरिएको जीकीर गर्नु भयो । पुनका अनुसार औद्योगिक क्षेत्रभित्र ३८ वटा उद्योग रहेका छन् । जसमध्ये धुलो÷धुवा गर्ने उद्योग ३ वटा मात्र रहेका छन् । उपमहानगरपालिकाका मेयर राणाले उद्योग मापदण्ड बारे थप अध्यनका लागि अनुरोध गरिसकिएकाले व्यस्थापन तथा सम्वोधनको पहल हुने विश्वास व्यक्त गर्नु भयो । वायु प्रदुर्षणबारे मेयर राणाले उद्योग राज्यमन्त्री रेशम लामालाई अवगत गराउनु भएपछि मन्त्री लामाद्धारा स्थलगत निरिक्षण तथा आवश्यक निर्देशन पनि भएको छ । मन्त्री लामाले उद्योगलाई समय सापेक्ष र बातावरण मैत्री बनाउन सम्वद्ध उद्योगीलाई निर्देश गर्नु भयो ।

  • २२ कार्तिक २०७४, बुधबार १०:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित