दाङ्ग तुलसीपुर कात्तिक २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिँचाई मन्त्री दीपक गिरीले वाम गठबन्धनहैन उनीहरू कम्यूनिष्ट हुन् भएको बताउद नेपालमा अधिनायकवाद ल्याउने षडयन्त्र गरिहेका हुनाले लोकतन्त्रबादी जनतासावधान हुनुपर्ने आग्राहगदै राणा,पञ्चायत लगायत जुनसुकै अधिनायकवादको अन्त्य कांग्रेसले गरेको स्मरण गर्दै नेता गिरीले कम्यूनिष्ट अधिनायकवादको अन्त्य गर्न तथा शान्ति र विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आह्वान गरेका थिए
‘
दाङ्गको तुलसीपुरमा बुधबार काँग्रेसको चुनाबी सभालाई सम्बोधन गदै केन्द्रिय सदस्य गिरीले दाङलाई प्रदेश नं। ५ को प्रदेश राजधानी बनाउन सधैँ अग्रसर रहने बताउदै ‘मेरै पहलमा उच्च अदालत तुलसीपुरमा आएको हो र त्यसले प्रदेश प्रहरी प्रमुखको कार्यालय ल्याउन सहज भएको हो । अब कांग्रेसलाई जिताउनुहोस् , हामी तपाईलाई राजधानी दिने प्रतिबद्धता गरे ।
दाङको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता गिरीले कम्यूनिष्टहरूले अप्राकृतिक गठबन्धन गरेर नेपाली जनताको लोकतान्त्री अधिकार खोस्ने अभियानमा लागेको हुनाले सम्पूर्ण मतदातालाई सावधान रहन आग्रह गरेका हुन् ।
श्रम तथा रोजगार राज्य मन्त्री तथा निर्वाचन क्षेत्र नं। ३ ९१०का लागि प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी ‘दाङ्गाली जनताले नेपाली काँग्रेस मतदान गर्ने बिश्वास व्यक्त गदै दाङ्गाली जनताको शिर कहिल्यै निहुरिन दिने प्रतिबद्धता व्यक्त गरे ।